Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कोशी प्रदेश नामंकनको विरुद्ध धनकुटामा संघर्ष समिति गठन

संयोजकमा संजय सन्तोषी राई

  •   ४ वर्ष अघि | ४ चैत्र २०७९, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/१ नम्वर प्रदेशको नाम पुनः नामंकनको लागि दवाव् सृजना गर्ने उदेश्यले धनकुटामा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं प्रेस स्वतन्त्र सेनानी सञ्जय सन्तोषी राईको संयोजकत्वमा २७ सदस्सीय संघर्ष समिति समेत गठन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष समेत रहेका राईको संयोजकत्वमा २७ सदस्सीय संघर्ष समिति गठन गरिएको हो । 

संघर्ष समितिको उप–संयोजकमा किराँत आठपहपरिया समाजका केन्द्रिय अध्यक्ष सरकुमारी आठपहरिया र सदस्य सचिवमा किराँत याक्थुङ चुम्लुङका जिल्ला सचिव डम्वर खवाहाङलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा उद्धमणी राई, नविन किशोर शाक्य, पार्वती राई, नेमराज लिम्वु, बवि घिसिङ तामाङ, दालमु शेर्पा, गंगाराम गोम्देन,सडक वहादुर लिम्वु, रेणु श्रेष्ठ, मित्र कुमार याम्फूलाई चयन गरिएको छ । 

त्यसैगरी अन्य सदस्यहरुमा हेमु स्मृति चोङवाङ, विश्वराज खुङचा, समिर वान्तावा राई, कमलसिं तिगेला, तोर्ण मगर, मणी भुजेल, श्यामवहादुर गुरुङ, मिलन नेवाःखड्गी, अष्ट वहादुर छोङदेन, पवित्रा माझी, सिंहवहादुर देवान, कुलवहादुर तामाङ,सचेता छाराहाङ रहेका छन् । 

प्रदेश नं.१ नाम पुनः नामंकन गर्न गठित संघर्ष समितिको संयोजक संजय सन्तोषी राईका अनुसार नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध एकल जातिय संस्थाहरुको अध्यक्षहरु अनिवार्य संघर्ष समितिको सदस्यमा राखिएको वताए । त्यसैगरी नगर समिति भएको एकल जातिय संस्थाका अध्यक्षहरु, नगर महासंघ, फोनिज, महिला, यूवा महासंघका अध्यक्ष वा प्रतिनिधिलाई पनि सदस्यको रुपमा राखिएको संयोजक राईले वताए । उनले कवि, लेखकहरुलाई समितिमा सदस्यको रुपमा राखिएको वताएका छन् । 

आईतवारको विराटनगरमा आयोजना हुने १ नम्वर प्रदेशको पुनः नामंकन गर्न दवाव् सृजना गर्ने गरि हुन लागेको प्रदर्शनमा धनकुटाबाट सशक्त सहभागिता रहने संयोजक राईले वताएका छन् । धनकुटामा गठित् संघर्ष समितिले प्रदेश स्तरमा रहेको संघर्ष समितिले तय गरेको चरणवद्ध आन्दोलनमा जिल्ला तहमा कार्यक्रम अघि वढाउने वताइएको छ ।  

  • Dhankutapress

थप