Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पुर्व प्रहरी संगठनको अध्यक्षमा डम्वर

  •   ४ वर्ष अघि | २ असार २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ नेपाल पुर्व प्रहरी संगठनको मंगलवार सम्पन्न दोश्रो धनकुटा जिल्ला भेलाले डम्वर कट्वालको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ । 

धनकुटा नगरपलिकाका प्रुमख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला भेलाले उपाध्यक्ष द्धयमा योगेन्द्र कार्की, सुरेस आले, सचिवमा ज्ञान वहादुर थापा, सह–सचिवमा मेघराज शाही र कोषाध्यक्षमा दिपकराज लामा सर्वसम्वत चयन भएका छन् । 

त्यसैरी संगठनको सदस्यहरुमा दिनेस सुवेदी, किशोर परियार लगायतका रहेका छन् । 

नेपाल पुर्व प्रहरीका अध्यक्ष हर्क नारयण वादिरी कुलुङको अध्यक्षतमा सम्पन्न दोश्रो जिल्ला भेलाको समुद्धघाटन सत्रमा संगठनका प्रदेश नं.१ का अध्यक्ष वावुराम श्रेष्ठ, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक चिरिञ्जिवी दाहाल लगायतले शुभकामना मन्तव्य गरेका थिए । 

सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदसका अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष विदुर खवास लगायतले पनि नवनिर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई वधाई ज्ञापन गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


  • Dhankutapress

थप