धनकुटा प्रेस सम्वाददाता
तेह्रथुम/तेह्रथुम जिल्लाको साबिक आम्बुङ गाविस वडा नं.३ हाल म्याङलुङ नगरपालिका वडा नं.७ भोटेछाप घर भएका पुर्व वडा अध्यक्ष मन वहादुर योञ्जन तामाङ (गोठाले साँइला) को विहिवार विहान आफ्नै निवासमा ६९ वर्षको उमेरमा दुःखद निधन भएको छ ।
लामो समय देखी फोक्सोको क्यान्सरबाट पिडित तामाङलाई उनको परिवारले उपचारको लागी सुविधासम्पन्न विभिन्न अस्पतालहरुमा लगे पनि उपचारमा सम्भव नभएपछि १५ दिन अघि आफ्नै घर भोटेछाप ल्याइएको थियो । उनको असमयिक दुःखद निधनले सिङ्गो भोटेछापवासी मात्र नभएर तेह्रथुम जिल्लावासीलाई अपुर्णनिय क्षति पुगेको छ ।
उनको दुःखद निधनले तेह्रथुम जिल्लाको तामाङ समुदायको लागी ठूलो क्षति पुगेको नेपाल तामाङ घेदुङ १ नम्वर प्रदेश समितिका निवर्तमान सह–सचिव मनी तितुङ तामाङले बताए । उनले स्वर्गिय तामाङ नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति तेह्रथुमका प्रमुख सल्लहाकार रहेर काम गरिहेको बताए । उनले आम्वुङ भोटेछाप मात्र नभएर सम्पूर्ण समुदायमा लोकप्रिय जनप्रतिनिधि भएर वि.सं.२०३८ साल देखी वि.सं.२०५४ सालसम्म ३ कार्यकाल १५ वर्ष सम्म वडाध्यक्षको जिम्मेवारी सम्हालेका वताए ।
स्वर्गिय मनवहादुर योञ्जन तामाङ समुदायको भाषा, संस्कार, संस्कृति संरक्षण गर्नको निम्ति जहिले पनि अगाडी सरेर काम गर्ने पथपदर्शक अभिभाबक भएको तेह्रथुम जिल्ला घेदुङका अध्यक्ष ऐतवहादुर तामाङले बताए । स्वर्गिय तामाङ सवैसँग राम्रो सम्बन्ध कायम राख्ने खुबी भएको स्पष्ट वक्ता, सालिन, भद्र व्यक्तित्वका धनि तामाङको निधनले तामाङ घेदुङलाई क्षति पुगेको अध्यक्ष तामाङको भनाई छ । उनी नेपाली कांग्रेस म्याङलुङ नगरपालिका वडा नं. ७ का वडा सभापति समेत थिए ।
स्वर्गिय तामाङ एक श्रीमती, एक छोरा, एक वुहारी, एक छोरी र नातानातिनीहरु रहेका छन् । उनको भोली २०७८ चैत्र १८ गते आम्वुङ–३ भोटेछापमा वौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने परिवारिक श्रोतले बताएको छ ।
- dhankutapress