धनकुटा प्रेस सम्वाददाता
धनकुटा/पूर्व अर्थराज्य मन्त्रि हरिराज खेवाको छैटौँ स्मृती दिवस शुक्रबार धनकुटामा श्रद्धाञ्जली अर्पण गर्दै मनाईएको छ ।
हरिराज खेवा स्मृति प्रतिष्ठानको आयोजनामा भएको स्मृति दिवसका अवसरमा बोल्ने नेताहरुले स्व.खेवाले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरेका छन् । खेवाको बैचारिक दृढताले धनकुटामा कम्युनिष्ट आन्दोलनलाई थप सहज भएको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हेमराज भण्डारीले बताए ।

धनकुटाको कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय देखापरेको संकट र समस्याहरु स्व. हरीराज खेवा नै भएको भए सम्बोधनका लागि सहयोग पुग्ने भण्डारीले बताए । माओवादी केन्द्र धनकुटाका अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री समेत रहेका खेवाको गत २०७३ साल साउन १३ गते धनकुटाको सिंधुवामा भएको बस दुर्घटनामा परि असामयिक निधन भएको थियो ।

सो घटनामा परि खेवा सहित घटनास्थलमा १३ जनाको र उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।
- Dhankutapress