Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रबन्ध निर्देशक तथा सम्पादक कार्की सम्मानीत

  •   ५ वर्ष अघि | २७ चैत्र २०७८, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ब्लाष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्की सम्मानीत भएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा स्थित सावित्री(गोपाल स्मृति ट्रष्टले कार्कीलाई सम्मान गरेको हो । कार्कीसँगै गायक रवि रिमाललाई पनि सम्मान गरेको आयोजक संस्थाका अध्यक्ष रोशन भट्टराइले जानकारी दिए । 

कार्यक्रममा उनीहरुलाई नगद दश हजार, फुल माला, अविर सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको हो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सम्मानीत कार्कीले सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणका लागि पत्रकार र साहित्यकारहरुको महत्वपूणर् भूमिका रहने बताए । पत्रकारिता र साहित्य दुवैले राजनीतिक रुपान्तरणका लागि खेलेको भूमिका बारे उनले चर्चा गरेका थिए ।

कार्यक्रममा भाषाशास्त्री प्रा।डा। टंक न्यौपाने, एमाले नेता रेवतीरमण भण्डारी, इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहता, नागरिक समाजका पुरुषोत्तम घिमिरे, नेकपा एमालेका केन्द्रिय सदस्य सरोज पोखरेल, माओवादीका ओके दाहाल, प्रल्हाद पहरेदार, सागर तिम्सिना, निलम कार्की लगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रल्हाद पहरेदार, सागर तिम्सिना र कुन्ता शर्माले कविता बाचन गरेका थिए ।

  • dhankutapress

थप