Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

बिरामीको मृत्यु पछि हिलेको उज्यालो सामुदायिक पोलिक्लिनिक तोडफोड

विरामीको आफन्तलाई साडे ५ लाख क्षतिपुर्ति दिने सहमती

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको हिले स्थित उज्यालो पोलिक्लिनिकमा उपचारको क्रममा धनकुटा आँखिसल्लाकी एक विरामीको मंगवलार मृत्यु भएको छ । 

घट्ना पछि उत्पन्न विवाद साडे ५ लाख रुपयाँ विरामीका आफन्तलाई मेडिकल संचालकले क्षतिपुर्ति दिने हिले प्रहरी चौकीमा सहमती भएपछि मंगवलार साँझ मिलेको हो । 

धनकुटाको सहिदभुमी गाँउपालिका वडा नं.६ आँखिसल्लाकी ५३ बर्षिय बिष्णुमाया राइको उपचारको क्रममा हिले स्थित् उज्यालो मेडिकल हलमा मृत्यु भएको थियो । ग्याँस्टिकको सुई हानेर निस्किएको विरामी वजारको केही तलसम्म हिडेर पुगेको, अचानक वेहोस भई ढलेको र पुनः बिरामीलाई हत्तार हत्तारा उज्यालो मेडिकल पु¥याउँदा मृत्यु भएको एक प्रत्यक्षदर्शीले धनकुटा प्रेसलाई वताए ।

मंगवलार बिहान आफै हिडेरै अस्पतालसम्म आउनु भएकी राईको मेडिकलमा प्रयोग गरिएको (सिरीन्ज) औषधी सुईको कारण मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ४ दिन देखि छाति दुखेको राई एक्सरे गर्न आएको बताइएको छ । आक्रोशित मृतकका आफन्तले ढुंगामुढा प्रहार गरी मेडिकलको सिसा फुटाइदिएका छन् । सञ्चालक ललित घिमिरे र स्वास्थ्यकर्मीलाई कानुन बमोजिक कार्बाहि गरीनुपर्ने माग गर्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए । 

साँझमा पिडितका आफन्त र अस्पताल संचालक विच भएको छलफल पछि भने मृतकका आफन्तलाई क्षतिपुर्ति स्वरुप उज्यालो मेडिकलले साढे ५ लाख रुपैयाँ दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । 

  • Dhankutapress

थप