Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

निर्माण व्यवसायी संघ धनकुटाद्वारा पहिरोले ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको पाख्रिवास नगरपालिका वडा नं.५ घोर्लिखर्कमा पहिरोले घर पुर्दा ज्यान गुमाएका परिवारलाई नेपाल निर्माण व्यवसायी संघ धनकुटाले आर्थिक सहयोग गरेको छ । बिहिबार निर्माण व्यवसायी संघ धनकुटाले पहिरोले ज्यान गुमाएका पिडित परिवारको घरैमा पुगेर नगद रु.२० हजार आर्थिक सहयोग गरेको हो ।

पाख्रीवास नगरपालिका–५ घोर्लिखर्क स्थित गुराँसे डाडाँमा गत असोज १२ गने शुक्रवार राती दुईजना आमा छोरीको मृत्यु भएको थियो । केही दिन देखीको निरन्तर बर्षाका कारण माथीबाट झरेको पहिरोले घर पुरिदा उनिहरुको मृत्यु भएको थियो । पाख्रीवासका स्थानिय सन्तोष तामाङकी ३६ बर्षिया श्रीमति आषा तामाङ्ग र सासुआमा ८० बर्षीया लक्ष्मीसोभा तामाङको पहिरोले पुरिएर मृत्यु भएको थियो । बाढी पहिरोमा ज्यान गुमाएका तामाङको परिवारलाई विपतको वेला केही राहात तथा सहयोग होस भन्ने उद्धेश्यले २० हजार रुपौयाँ आर्थिक सहयोग गरेको नेपाल निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकाश थुलुङ राईले बताए । 

केही दिन देखीको निरन्तर वर्षासँगै आएको बाढीले देशैभर ठूलो जनधनको क्षति भएको थियो । धनकुटामा पनि बढी पहिरोमा परि २ जनाले ज्यान गुमाए भने भैतिक क्षति भने ठूलो भएको प्रहरीले जनाएको छ । यस्तै जिल्लामा धेरै जनधनको क्षति नभए पनि एउटा परिवारका सदस्य गुमाउदा समग्र जिल्लावासीलाई नै दुख परेको अभास भएका कारण केही सहयोग होस भनेर थोरै मात्रामा आर्थिक सहयोग गरीएको नेपाल निर्माण व्यवसायी संघ धनकुटाका महासचिव मनोज कुमार राईले बताए । 

मृतक आशा तामाङकी ३० महिनाको छोरा र श्रीमान सन्तोष तामाङ ।निर्माण व्यवसायी संघ धनकुटा आफैमा पनि आर्थिक रुपमा अभाव भएपनि थोरै मात्रामा राहात विरतण गरिएको बताईएको छ । पिडित परिवारलाई केही सहयोग होस भन्ने उदेश्यले जिल्लामा भएको यो विपतको समयमा परेको घटनालाई सान्तवना दिनका लागी सहयोग गरीएको महासचिव राईले बताए ।

शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना :

यसैविच निर्माण व्यवासायी संघ धनकुटाले आशन्न नेपालीहरुको राष्ट्रिय पर्व वडादशैं तथा शुभ दिपवली लगायत राष्ट्रिय पर्वहरुको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो । संघका धनकुटा शाखा अध्यक्ष प्रकाश थुलुङ राईको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान कार्यक्रममा सल्लाहकार सञ्चमान लिम्वू, अग्रज निर्माण व्यवसायी प्रकास तामाङ, युवा व्यवसायी एवं संघका उपाध्यक्ष यज्ञ वहादुर राई, लक्ष्मण विक लगायतको उपस्थिति रहेको थियो । 


  • dhankutapress

थप