Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पाख्रीवासको मालवाँसे देखि धनकुटा आउँदै गरेको बोलेरो पिकप दुर्घटना

  •   ४ वर्ष अघि | ९ मंसिर २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/जिल्लाको पाख्रीवास नगरपालिका वडा नं.८ मालवाँसेमा धनकुटा आउँदै गरेको बोलेरो पिकप विहिवार अपरान्ह २ वजे दुर्घटना भएको छ । 

प्रदेश १–०२–००२ च ४१८३ नम्वरको पिकप बोलेरो पाख्रीवास नगरपालिका वडा नं.८ मालवाँसेमा दुर्घटना भएको हो । बोलेरो धनकुटाबाट पाख्रीवासको मालवाँसेमा आफन्तको सुध्याई कार्यमा पुगेर फर्कने क्रममा दुर्घटना भएको संजय सन्तोषी राईले बताए । 

बोलेरोमा ३ महिला सहित ५ जना सवार थिए । चालक धनकुमार राईको दाहिने हातको एउटा औला भाँचिएको र हातको पन्जा पछाडीको छाला तासिएको छ । चालक धन कुमारको दाहिने हातमा गम्भिर चोट लागेको छ । धनकुटा नगरपालिका वडा नं.२ भिरगाउँ घर भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचार गरि घर फर्किएका छन् ।  


  • dhankutapress

थप