Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

छथरजोरपाटीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

धनकुटा प्रेस अनलाइन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा पहिरोले घरमा पुरिएकी एक महिलाको जीवितै उद्धार गरिएको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ सल्लेकी २० वर्षीया सिर्जना मगरको स्थानीय र प्रहरीले जीवितै उद्धार गरेका हुन् । 

घरमा बसिरहेको उनीलाई घर भन्दा निकै माथिबाट आएको पहिराले घरसहित पुरेको छथरजोरपाटी–२ का वडाध्यक्ष कृष्ण मगरले जानकारी दिए । जीवितै उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएकोमा धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घरमा उनी मात्र रहेको र उनको बाबुआमा घाँस काट्न गएको बेला पहिरो आएको वडाध्यक्ष मगरले जानकारी दिए । पहिरोका कारण गोठमा १० वटा बाख्रा, गाई र बङ्गुर पहिरोले पुरेको वडाध्यक्ष मगरले जानकारी दिएका छन् ।

यता निरन्तरको वर्षाले जोरपाटी बजारमा ४ घर, सल्लेमा ३ घर जोखिममा परेको वडाध्यक्ष मगरले जानकारी दिए । निरन्तरको वर्षाले छथर जोरपाटी वजार आसपासमा लगाएको अधिकांश तरकारी बालीमा क्षति भएको छ। वर्षाकै कारण धनकुटाको सिधुवा जितपुर सडक पूर्णरुपमा बन्द भएको छ। त्यसैगरी धनकुटा नगरपालिका वडा नं.३ मा पहिरो र चटुयाङ्गमा परी आधा दर्जन भन्दा वढी चौपायको मृत्यु भएको वडाध्यक्ष विकास घिमिरेले बताएका छन् । 


  • dhankutapress

थप