Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

निवर्तमान वडाध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

  •   ४ वर्ष अघि | ९ मंसिर २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटाध/नकुटा नगरपालिका वडा नं.६ पाङ्गसिङ्ग टोलका वर्ष ३० का राजन कार्की निवर्तमान सोहि वडाका वडाध्यक्ष नरेश श्रेष्ठको कुटाईबाट गम्भिर घाइते भएका छन् ।

राजन र उनका साथी वर्ष ३२ का तिलक कार्की नेकपा एमालेको विजय जुलुसमा भाग लिएर घर फर्कने क्रममा विहिवार साँझ ८ बजे निवर्तमान वडाध्यक्षको कुटाईबाट गम्भिर घाईते भएको वताएका छन् । उनले आफूहरु २ भाई एमालेको विजय जुलसको कार्यक्रम सकेर घर फर्कने क्रममा धनपा–६ सल्लेरीमा रहेको डम्पिङ साईडको खोल्सीमा बाटो ढुकेर कुटपिट गरेको बताएका छन् । 

कुटपिटबाट कार्कीको देव्रे आँखाको माथिल्लो भागमा गम्भिर चोट लागेको छ । शरिरको विभिन्न भागमा पनि चोट लागेको उनले वताएका छन् । उनीसंगै घर फर्किदै गरेको वर्ष ३२ का तिलक कार्कीलाई पनि ढाडमा एक पटक हानेको थप हान्न खोज्दा भागेर ज्यान जोगाएको कार्कीले बताए । राजनले आफूलाई रगताम्य हुने गरी कुटिसकेपछि श्रेष्ठले हल्ला गरिस वा प्रहरीलाई भनिस भने मारि दिने धम्कि दिएको बताए ।

कार्कीले आफूलाई ज्यान मार्ने गरी निर्घात कुटपिट गरेको भन्दै शुक्रवार जिल्ला प्रहरी कार्यालय धनकुटामा निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठ र सिपु भनिने शिव पुजन शाहा लगायत ४ जना विरुद्ध लिखित उजुरी दिएको वताए । प्रहरीले घाईते कार्कीको घाउजाँच केस फाराम जिल्ला अस्पताल धनकुटामा शुक्रवार गरेको बताएको छ । प्र्रहरीले घट्नाको सम्वन्धमा गहिरो अध्ययन गरेर र दुवै पक्ष राखेर छलफलबाट उत्पन्न समश्याको सामधान खोज्ने वताएको छ । 

यता कुटपिट गरेको भनिएको आरोपित धनपा–६ का निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठले आपफूले कोहिकसैलाई कुपिट नगरेको बताएका छन् । साँझ ८ वजे आफू पार्टीको समिक्षा मिटिङमा रहेको र कुटपिटको घट्नामा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् । 


  • Dhankutapress

थप