Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

गाँजा खानीमा लागु औषध नियन्त्रण सम्वन्धी अन्तरक्रिया कार्यक्रम

गाँजा खेतीको विकल्प खोजिनु पर्नेमा वक्ताहरुको जोड

  •   ३ वर्ष अघि | १० जेष्ठ २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटाको सहिदभूमि गाउपालिकामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ । 

कार्यक्रममा जिल्ला प्रहरी नायबनिरिक्षक डम्बर थापाले लागुऔषध नियन्त्रण ऐन २०३३ का बारेमा जानकारी गराउदै लागुऔषध प्रयोगबाट हुने नकारात्मक प्रभाव र असरहरु, लागु औषध क्रियाकलापमा संग्लन हुनेहरुलाई दण्ड सजाय,लागु औषध प्रयोगबाट समाजमा पर्ने पर्ने नकारात्मक असरहरु लगायतको विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा सहिदभूमि गाउँपालिकाका वडाहध्यक्षहरु, वडासचिवहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक ,शिक्षक एवम कार्यपालिका सदस्य, राजनीतिकदलका प्रतिनिधि, नागरीक समाजका अगुवाहरु, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि,स्वास्थ्यकर्मीहरु लगायतका सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका उप–प्रमुख साबित्रा राईले ग्रामिण क्षेत्रमा बढि गरीबि, अशिक्षा, आर्थिक अभाव, पछौटेपन र विकास पछि परेकाले  बाध्यत्माक रुपमा आय–आर्जनको मुख्य माध्यम यहाँका किसानले गाजाँ खेति रोजेको वताए । उनले त्यस्ता किसानलाई अन्य बैकल्पिक खेतितर्फ आकर्षित गरी लागुऔषध जन्य खेतिपातिमा लागेका किसानलाई कानुनबाट बञ्चित गराउनु पर्नेमा जोड दिए । उनले त्यसो भयो भने लागु औषधका सवैखाले क्रियाकलापबाट मुक्त राख्न सकिने धारणा राखेका थिए । 

साथै, उनले किशोर किशोरी, युवाहरु अन्य लागुऔषध जन्य क्रियाकलापमा संलग्न हुँदा मानव संघसाधानको विकासमा समेत असर पार्ने भएकाले जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत सबैको सहकार्य र समन्वयबाट आगुऔषद उन्मुलनमा लाग्नु पर्नेमा जोड दिए ।  त्यस्तै गरी कार्यक्रममा सहिदभूमि गाँउपालिकाका अध्यक्ष मनोज राईले लागुऔषध समुह भित्र गाजाँलाई राखिए पनि यसबाट धेरै फाइदा रहेको वताए । उनले गाजाँ खेतिबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने भएता पनि मौजुता कानुनलाई पालना गर्नुपर्ने कर्तव्य सबैको भएको वताए । राईले भने–‘खाल्सा क्षेत्रमा भईरहेको गाँजा खेतीलाई बैकल्पिक व्यवसाय गरेर न्युनिकरण गर्दै लैजानु पर्छ ।’

त्यस्तैगरी जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख थानेश्वर गौतमले समाजमा शान्ति सुव्यवस्था सदाचार कायम राख्नका लागि  मौजाद कानुन विरुद्धमा कोही पनि जान नहुने बताए । उनले लागुपदार्थ जन्य कुलतबाट सबैलाई मुक्त राख्नुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्ण प्रसाद कोइराला, सशस्त्र प्रहरी वल छिन्ताङ गुल्मका प्रमुख दिपक बलामी मगर लगायतले सुरक्षाकर्मीहरु मात्र प्रहरी हैनन समुदायका आमनागरीक पनि प्रहरी नै भएकाले कानुन विपरित हुने क्रियाकलापका विरुद्ध सबै सचेत भएर लाग्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा सहिदभुमि गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत नविन कार्की लगायतले मन्तवय राख्दै कार्यक्रमका लागि धन्यवाद व्यक्त गरेका थिए । जिल्ला प्रशासन कार्यलय धनकुटाको आयोजना,सहिदभूमि गाउँपालिका धनकुटाको समन्वयमा भएको कार्यक्रमलाई सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी वल,छिन्ताङ गुल्म धनकुटाले सहकार्य गरेको थियो ।  

  • Dhankutapress

थप