धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/धनकुटाको सहिदभूमिकामा एक बालिकाको द्यिालयबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।
सहिदभूमि गाउंपालिकाको वडा नं ३ स्थित च्याब्रुंग भीरबाट लडेर गम्भिर घाइते भएकी ५ बर्षिया बालिका अनुष्का राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । उनी सोही वडाका रेगन राईका छोरी हुन् ।
अनुष्का बिद्यालयबाट फर्किने क्रममा च्याबुङ्ग भीरबाट लडेर घाइते भएकी थिइन् । उनी सहिदभूमि गापा वडा नं.४ स्थित पन्चकन्या माध्यमिक बिद्यालयमा अध्ययनरत थिइन् ।
मृतक अनुष्काको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
- dhankutapress