Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

क्यान्सर पिडित लुङ्गेली मगरलाई आर्थिक सहयोग

थप सहयोग गरी दिन लुङ्गेलीको आग्रह

  •   ५ वर्ष अघि | १४ पुस २०७८, बुधबार

सन्तवीर लामा

धनकुटा – सात महिना देखी मुख र घाँटीको क्यान्सले थलिएर हाल उपचार गराईरहेकी नेपाल आदिवासी जनजाति नगर महासंघ धनकुटाका उपाध्यक्ष इन्द्र लुङ्गेली मगरका धर्मपत्नी मिना लुङ्गेली मगरको उपचारको लागी विहिवार आर्थिक सहयोग संकलन गरिएको छ । 

  नेपाल आदिवासी जनजाति महासंघ नगर समिति धनकुटाले उपाध्यक्ष लुङ्गेलीका श्रीमती मिनाको उपचारमा सहयोग पु¥याउने उदेश्यले ३५ हजार नगद सहयोग गरेको हो । सहयोग रकम नगर महासंघका अध्यक्ष रविन खड्गी, सचिव दालमु शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष संजय सन्तोषी राई, पुर्व अध्यक्ष पार्वती राई लगायतले उपाध्यक्ष लुङ्गेलीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुनु । 


नेपाल आदिवासी जनजाति महासंघ नगर समितिका उपाध्यक्ष इन्द्र लुङ्गेली मगरलाई फोनिज धनकुटाका निर्वतमान अध्यक्ष सन्तवीर लामा नगद हस्तान्तरण गर्दै । 

सो अवसरमा महासंघले संस्थागत रुपमा ३५ हजार, नगर महासंघ धनकुटाका सचिव दलामु शेर्पा २ हजार, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठले २ हजार, निवर्तमान अध्यक्ष पार्वती राईले १ हजार, ५ सय, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका निवर्तमान अध्यक्ष सन्तवीर लामा १ हजार, हालका फोनिज धनकुटा उपाध्यक्ष मानबी मोक्तान ५ सय गरी जम्मा ४२ हजार रुपयाँ आर्थिक सहयोग गरिएको नगर महासंघ धनकुटाका अध्यक्ष रविन खड्गीले वताए । 

उनले आफ्नो संस्थाको उपाध्यक्षको श्रीमती पैसाको अभावमा अस्पतालको शैयामा छटपटाई रहेको र सहयोगको लागी याचना गरेकाले दिलै खोलेर सहयोग गरिएको वताए । उनले व्यक्तिगत रुपमा सहयोग गर्नु हुने महानुभावहरुलाई सो अवसरमा धन्यवाद दिदै अन्य महानुभावहरुलाई पनि सहयोगको लागी अपिल गरेका छन् । हाल उपाध्यक्ष इन्द्र लुङ्गेलीका श्रीमती मिनाको क्यान्सर हस्पिटल चितवनमा उपचार भैरहेको छ र उनको उपचारमा हालसम्म ९ लाख भन्दा वढी खर्च भैसकेको वताइएको छ । धनकुटा नगरपालिका वडा नं.४ घर भएका लुङ्गेली आफ्नो परिवार सहित विगत लामो सहय देखी वसोवास गर्दै आएका थिए । 


नेपाल आदिवासी जनजाति महासंघ नगर समिति धनकुटाका अध्यक्ष रविन खड्गीको अध्यक्षतामा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी सहयोगी मनहरु तथा संघ संस्थाका अगुवाहरुले लुङ्गेली परिवारलाई सवै मिलेर सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रमको संचालन फोनिज धनकुटाका उपाध्यक्ष मानवी मोक्तानले गरेकी थिईन ।  


  • Dhankuta Press

थप