धनकुटा प्रेस सम्वाददाता
धनकुटा /छथर जोरपाटी गाउँपालिकामा नेकपा एमालेलेका तर्फबाट अध्यक्ष पदको उमेद्धारमा पालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बूले उमेद्धारी दिएका छन् ।
सोमबार एक भव्य समारोहका बीच पाटीका तर्फबाट लिम्बू र उपाध्यक्षमा गोमा कार्की सहित ३२ जनाले निर्वाचन कार्यालय जोरपाटीमा मनोनयन दर्ता गराउनुभएको हो ।लिम्बूले छथर जोरपाटी गाउँ कमिटीका अध्यक्ष ईन्द्र सारु मगरको प्रस्ताव तथा जिल्ला कमिटी सदस्य बीरबहादुर श्रेष्ठको समर्थनमा लिम्बूले मनोनयन दर्ता गराएका हुन ।
उमेद्धारी दर्ता गराउँदै लिम्बूले आफ्नो उमेद्धारी छथर जोरपाटी गाउँपालिकाको सुशासन सहितको दीगो बिकास र समृद्धिको लागि भएको जानकारी दिए । पाटिका तर्फबाट वडा नं.१ को अध्यक्षका लागि मच्छिन्द्र लिम्बू, खुल्ला सदस्य तर्फ दिपक कार्की र रत्नबहादुर लिम्बूृ (लिलाराम),महिला सदस्यमा अनिता सुबेदी र दलित महिला सदस्यमा तुलसा देवी बिश्वकर्माले उमेद्वारी दिएका छन् ।

वडा नं. २ बाट वडा अध्यक्षमा तारा राना मगर खुल्ला सदस्यमा बीरबहादुर सारु मगर र जीतबहादुर लिम्बू,महिला सदस्यमा जानुका कार्की र दलित महिला सदस्यमा जानुका नेपाली रहेका छन् । नं. ३ बाट वडा अध्यक्षमा निवर्तमान अध्यक्ष ज्ञानबहादुर लिम्बू, खुल्ला सदस्यमा क्षेत्रबहादुर लिम्बू र तारा दाहाल, महिला सदस्य उर्मिला भुजेल र दलित महिला सदस्य डम्बरकुमारी सुन्दासले उमेद्वारी दिएका छन् ।
वडा नं.४ अध्यक्षमा निवर्तमान अध्यक्ष टेकबहादुर घिसिङ (तामाङ) खुल्ला सदस्यमा खिन्द्र अधिकारी र शिवबहादुर लिम्बू (शिब आङ्ला), महिला सदस्य कमलकुमारी लिम्बू र दलित महिला सददस्य डम्बरकुमारी बि.क.ले उमेद्वारी दिएका छन् । वडा नं. ५ बाट अध्यक्ष पदका लागि प्रेम लिम्बू खुल्ला सदस्यमा ई्न्द्रबहादुर थापा र प्रेमबहादुर लिम्बू,महिला सदस्य दाकिमु शेर्पा र दलित महिला सदस्य उषा नेपाली दिएका छन् ।
वडा नं. ६ बाट वडा अध्यक्षमा निलबहादुर थापा, खुल्ला सदस्य भद्रबहादुर बिष्ट र गणेशबहादु्र थापा, महिला सदस्य टिमला श्रेष्ठ र दलित महिला सदस्यमा बिष्णु.बि.क.ले उमेद्वारी दिएका छन् । पालिकाका लागि एमाले सहित गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पाटी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उमेद्धारी दर्ता छथर जोरपाटीका प्रमुख निर्वाचन आयुक्त गोकुल बहादुर निरौलाले जानकारी दिए ।
- dhankutapress