धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.५ अन्तर्गत पर्ने माथिल्लो कोप्चे र तल्लो कोप्चेको चहलपहल वढाउने उदेश्यले नयाँ वर्ष २०८० को अवसर पारेर तिन दिने प्रथम कोप्चे फेस्टिभल हुने भएको छ ।
यस क्षेत्रको ऐतिहाशिक, साँस्कृतिक तथा प्राकृतिक मौलिकताको संरक्षण र प्रवद्र्धनद्धारा आन्तरिक तथा वाह्य पर्यटक भित्राई आर्थिक÷सामाजिक विकास गर्ने उदेश्यले कोप्चे महोत्सव आयोजना गर्न लागिएको हो ।
कोप्चे क्षेत्रको चहलपहल दिन प्रतिदिन घट्दै गएको भन्दै चहलपहल वढाउन गठन गरिएको कोप्चे पुनर्जागरण अभियानको संयोजनमा कोप्चे फेस्टिभल हुन लागेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइको छ । सामाजिक विकासको लागि यूवाहरुको प्रयास (यस्ड) धनकुटाले आयोजना गरेको पत्रकार सम्ेमलनमा वोल्दै संस्थाका अध्यक्ष रिजन पोख्रेलले भने–कोप्चे क्षेत्र र पेरिफेरी तथा कोप्चे पुनर्जागरण अभियानका वारेमा आम नागरिकलाई जानकारी गराउनु मुख्य उदेश्य रहेको छ ।’
उनले फेस्टिभलमा यस क्षेत्रमा वसोवास गर्ने मुख्य समुदाय नेवा र आठपहरिया जातिको मौलिक कला, संस्कार, संस्कृतिलाई प्रवद्र्धन हुने गरी कार्यक्रमहरु हुने वताए । उनले आगामी वैसाख १ गते देखि ३ गतेसम्म आयोजना हुने कोप्चे फेस्टिभलमा नेवार र आठपहरिया समुदाय विच भातृत्व प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरु संचालन हुने स्पष्ट पारेका छन् । तिन दिने महोत्वमा कोप्चे क्षेत्रमा वसोवास गर्ने आठपहरिया र नेवार जातिको मौलिक खानाहरुको स्टलहरु, दुवै जातिको साँस्कृतिक नृत्य तथा सांगीतिक प्रश्तुतीहरु समेत रहने छ ।
फेस्टिभलमा मनोरञ्जनात्मक खेलहरु, धनकुटाका ऐतिहासिक पूराना तस्विरहरुको प्रदर्शनी, शन्देशमुलक चलचित्र प्रदर्शन र कोप्चे क्षेत्रको सौन्दर्यकरण विशेष रुपमा गरिने आयोजक संस्थाले जनाएको छ । महोत्सव सफल पार्नको लागि रिदम श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय प्रथम कोप्चे फेस्टिभल मूल आयोजक समिति गठन गरिएको छ ।
त्यसका साथै महोत्सव सफल पार्नको लागि विभिन्न उप–समितिहरु गठन गरिएको छ । फेस्टिभलमा १५ वटा स्टलहरु रहने छन । विस हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेर आयोजना गरिएको तिन दिने फेस्टिभलको उद्धघाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा हुनेछ ।
पत्रकार सम्ेमलनमा ६ लाख वरावरको कारोवार हुने जानकारी जारी प्रेस नोटमा उल्लेख छ । यस्डका अध्यक्ष रिजन पोख्रेलको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा धनकुटा न.पा.वडा नं.७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, धनपा–५ का वडा सदस्य गोविन्द राई, अभियानका संयोजक रिदम श्रेष्ठ, समाजसेवी एवं कोप्चे पुनर्जागरण अभियानका अभियान्ता राजेन्द्र प्रधान, अभियानका सदस्य रामवहादुर श्रेष्ठ लगायतले फेस्टिभल आयोजना गरिनु पर्ने उदेश्यका वारेमा प्रष्ट पारेका थिए ।
- Dhnakutapress