Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

खुकरी प्रहारवाट १६ वर्षिया यूवा घाईते

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.६ अमलेटारमा मंगलवार विहान एक स्थानिय यूवा माथि खुकुरी प्रहार भएको छ ।

धनकुटाको औधोगिकग्राम नजिकै घर भएका वर्ष १६ का सूमन भूजेल माथि मंगलवार विहान करिव ११ वजे खुकुरी प्रहार भएको हो । धनकुटाकै एक यूवाले उनी माथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट भूजेलको गर्दनमा गम्भिर चोट लागेको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको थियो ।

जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारको लागि भुजेललाई विपि कोईराला स्वास्थ्य विज्ञान प्तिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएस्पी राजवावु महर्जनले बताए । भूजेल माथि खकुरी प्रहार गर्ने यूवालाई स्थानियले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । पक्राउ परेको यूवाको नाम सार्वजानिक गर्न नमिल्ने प्रहरीले जनाएको छ । 

  • dhankutapress

थप