Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

चाडपर्वका बेला कालाबजारी नियन्त्रण गर्नु पर्नेमा जोड

दसैं-तिहार जस्ता मौलिक पर्वमा मनोरञ्जनको वातवरण तयार गर्नु पर्ने माग

  •   १० महिना अघि | १६ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/दसै-तिहार जस्ता राष्ट्रिय पर्वहरु नजिकिदै गर्दा धनकुटामा कालावजारी नियन्त्रण र शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालहरुसंग वृहत छलफल गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय धनकुटाको आयोजनामा मंगलवार सम्पन्न भएको सरोकारवालाहरु विचको छलफलमा सहभागीहरुले चाडपर्वको वेला कालावजारी नियन्त्रण गर्नु पर्नेमा विशेष जोड दिएका छन् । दशैं–तिहार भनेको नेपालीहरुको मौलिक पर्व भएकाले पनि मनोरञ्जनको वातवरण स्थानिय प्रशासन र स्थानिय सरकारले बनाउनु पर्ने सहभागीहरुले माग समेत गरेका छन् । 

उनीहरुले दैनिक उपभोग्य खाद्य वस्तुहरुको गुण नियन्त्रण, मूल्य निर्धारण, अनुगमनलाई प्रभावकारी कार्यान्वयनको लागि स्थानिय प्रशासनले पहलगर्नु पर्नेमा जोड दिएका छन् । छलफलमा सहभागीहरुले नेपालीहरुको राष्ट्रिय पर्वलाई रमाइलोसंग नागरिकले दुःख नपाउने गरी मनाउने वातवरण वनाउनु पर्नेमा विशेष जोड दिएका छन् । 

छलफलमा प्रमुख जिल्ला अधिकारी पून्ययविक्रम पौडेलले स्थानिय विभिन्न जनजातिहरुको मौलिक चाडपर्वहरुमा स्थानिय प्रशासनले विशेष सुरक्षा दिने वताएका छन् । साथै, दसैं–तिहारलाई मध्यनजर गरेर धनकुटाका वजारमा सेल लगाउन व्यापारीहरुलाई अनुरोध गर्ने, एउटै वजारमा १ भन्दा वढी दशैं वजार वा मेला लगाउन नदिने, सवारी साँधनहरुमा यात्रुको चाँपलाई नियन्त्रण गर्ने, दैनिक उपभोग्य वस्तुहरुको मूल्य निर्धारण गर्ने लगायत विविध विषयमा छलफल भएको थियो ।

प्रजिअ पून्यविक्रम पौडेलको अध्यक्षतमा सम्पन्न छलफलमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पुर्व प्रदेस सांसद कुसुम श्रेष्ठ (जुली), उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, फोनिज १ नम्वर प्रदेशका अध्यक्ष सन्तवीर लामा, यातयात व्यवसायी सरोज आठपहरिया, राष्ट्रिय उपभोक्ता मंञ्च धनकुटाका अध्यक्ष विपिन श्रेष्ठ, एमालेका नैन विश्वकर्मा र जसपाका डम्वर कटुवाल लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

छलफलमा भमिदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरिक्षक राजबाबू महर्जन, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म धनकुटाका प्रहरी नायव उपरिक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनुशन्धान धनकुटा निमिक्त कार्यलय प्रमुख रमेश कट्टेल लगायतको उपस्थिति रहेको थियो ।  

  • Dhankutapress

थप