Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

गोकुण्डश्वरमा जुनियर रेडक्रस सर्कल पुनर्गठन

अध्यक्ष भईन रेजीना राई

  •   ३ वर्ष अघि | २ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं.६ मा सिरान वजारमा रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा रेजिना राईको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कलको पुनःगठन आईतवार गरिएको छ । 

प्रधानाध्यापक यज्ञ प्रकास चापागाँईको संरक्षकत्वमा गठन गरिएको जुरेसको उपाध्यक्ष, सचिव र सहसचिव, कोषाध्यक्ष र उपकोषाध्यक्षमा क्रमशः सन्जिव कार्की, शुसन निरौला, सविना लिम्वू, सुजन ढुङ्गाना र सुमनिा अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा आदित्य राया, आयुष राना मगर, आकृति लिम्वू, सुवर्ण नेपाली र केशव वस्नेत रहेका छन् ।

भेलामा विद्यालयक शिक्षक नायक देवी तामाङले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक यज्ञ प्रकास चापागाँईले जुरेसको नवगठित टिमलाई निर्देशनात्मक भनाई सहित कार्यकालको सफलताको शुभकानमा दिएका थिए । साथै, भेलामा शिक्षक सह–नायक तुलसी पुरी, सह–प्रधानाध्यापक लक्ष्मी प्रसाद साप्कोटा, सूचना अधिकारी गंगाराम ढुङ्गगाना शिक्षक मछिन्द्रवहादुर राई लगायतको उपस्थिति रहेको थियो । 

सहभागी शिक्षकहरुले जुरेसमा आवद्ध विद्यार्थिहरुलाई पढाईसंगै सामाजिक हितमा लोक कल्याणकारी जनचेतनामुलक काम गर्नको लागि सूझाब दिएका थिए । उनीहरुलाई स्वास्थ्य रहनको लागि अपनाउनु पर्ने उपायहरु साथै अछिल्लो समयमा महामारीको रुपमा फैलिएको डेङ्गोबाट वच्ने उपायको वारेमा समुदायमा सचेतना जगाउन सुझाइएको नायम देवी तामाङले बताए ।


  • Dhankutapress

थप