धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.६ खाल्डेमा माईदेवी कृषि फर्ममा रहेको तिन वटा गाईलाई अज्ञात समुहले मंगलवार राती खुट्टा काटेर घाइते वनाएका छन् ।
फर्मका संचालक टिकाराज कार्कीका अनुसार मंगलवार राती करिव साडे ११ वजेको समयमा ढ्वाङ्ग गरेर सामान्य आवाज आएको वताए । तर, उनले उक्त आवाजलाई रातको समयमा भनेर वास्ता नगरी घरबाट वाहिर ननिस्किएको वताए ।
पुनः रातको साडे १ वजे तिर फर्ममा गाइ कराउन थालेपछि आफु र आफ्नी श्रीमती देवी कार्की हेर्न जाँदा तिन वटा गाईको खुट्टावाट रगत वगिरहेको देखेको वताए । रातको समयमा अज्ञात समुह वा व्यक्तिले घट्ना घटाएको हो, आफूलाई थाहा नभएको कार्कीले बताए । धारिलो हतियार प्रहारवाट घाइते भएका तिन वटा गाई मध्ये २ वटा लैनो र एउटा ४ महिना पछि सुत्केरी हुने कोरलो रहेको उनले बताए ।
कार्कीले वि.सं.२०७३ सालमा माईदेवी कृषि फर्म दर्ता गरेर व्यवसायिक रुपमा गाईपालन गरेर दुग्ध व्यवसाय गर्दै आएका छन् । सोही फर्म मार्फत धनकुटा नगरपालिकाले आ.व.०७६/०७७ मा ५ लाख अनुदान र आफ्नो ५० हजार निजि लगानीमा ट्याम्पो उपलव्ध गराएको थियो । नगरपालिकाले अनुदानमा उपलव्ध गराएको प्र.१–०२–००२ स १८९९ नम्वरको ट्याम्पोमा पनि अज्ञात समुहले क्षति पु¥याएका छन् । मंगलवार राती करिव २ वजे प्रहरीलाई खवर गरेर घट्नाको वारेमा यथार्थ जानकारी गराएको कार्कीले बताए । उनले अहिलेसम्म कसैसंग दुश्मनी नरहेको र वादविवाद समेत कोही कसैसंग नभएको वताएका छन् । आफूले गरि खाको देख्न नसकेर डाह गरेर आरिशले कोहि कसैले अपराध गरेको हुन सक्ने आशंका दुग्ध कृषक कार्कीले गरेका छन् ।
घट्नाको विषयमा प्रहरीले वुधवार विहान पिडित कार्कीको गाई फर्ममा गएर स्थलगत सर्जिमिन मुज्ल्का उठाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएस्पी नरेन्द्र कुँवरले वताए । प्रवक्ता कुँवरले घट्नाको विषयमा प्रहरीले गम्भिर ढंगले अनुशन्धान शुरु गरेको वताएका छन् । घट्ना लगत्तै वुधवार विहान स्थानिय एक जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि सामान्य सोधपुछ गरेर छोडिएको वताइएको छ । घट्ना के कारणले कसरी घट्यो भन्ने विषयमा प्रहरीले अनुशन्धान थालेको बताएको छ । पिडित कार्कीले आफ्नो फर्मको अज्ञात समुहले लैनो गाई काटिएको घट्नाको विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटामा मंगलवार निवेदन दिएका छन् ।
अहिले कार्कीको गोठमा रहेको १२ वटा लैनो गाईले नियमित दुध दिने गरेको छ । कार्कीले दैनिक १ सय ८० लिटर दुध विक्रि गर्दै आएका छन् । उनको गाईगोठमा वाछावाछी सहित २४ वटा गाई रहेका छन् । कार्कीले इनोभेसन परियोजना अन्तर्गत ३० लाख रुपयाँ र आफ्नो २० लाख गरि ५० लाख लगानीमा ५४ वटा गाई पालन गर्न मिल्ने नयाँ गाई फर्म समेत निर्माण गरिहेका छन् । हाल संचालमा रहेको माईदेवी कृषि फर्ममा २ करोड लगानी रहेको कार्कीले बताएका छन् ।
- Dhnkutapress