धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका–१ सुकेपोखरी स्थित् पाँडे पसल अगाडी एकै परिवारका तीन जना विहिवार विहान मृत फेला परेका छन् ।
पुर्खौली घर चैनपुर नगरपालिका वडा नं.१ नुन्ढाँकी भै हाल स्थायी वसेवास गरिरहेका ३५ वर्षीया टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा तामाङ गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङ विहिवार बिहान घरभित्रै मृत फेला परेका हुन् ।
टिकाराम झुण्डिएको अवस्थामा मृत अबस्थामा फेला परेका छन् । श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएको धनपा वडा नं.१ का वडाध्यक्ष ओङ्गदा तामाङले धनकुटा प्रेसलाई जानकारी दिए । उनका अनुसार वुवा, आमा र छोरा मृत भेटिएका हुन् । तामाङले धनकुटा प्रेससँग भने–‘के भएर यस्तो भयो, घट्ना देख्दा अचम्म लागेको छ ।’ वडाध्यक्ष तामाङले थपे–‘मृतक टिकाराम गुरुङले अत्याधिक मदिरा सेवन गर्ने गरेको कारण श्रीमतीसंग एक आपसमा झगडा हुँदा मार्ने मर्नेसम्मको घट्ना घटेको हुन सक्छ ।’
संखुवासभाको चैनपुर–१ स्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार सहित करिब ११÷१२ वर्ष अघिदेखि धनपा–१ सुकेपोखरी स्थित् इश्वर श्रेष्ठको खाली घरमा बस्दै आएको थिए । लामो समय देखि ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीया छोरी आशिका गुरुङ बाहेक सबै जना मृत भेटिएका हुन् ।
जस्ले टिका थापी रहेकी छन्, उनी मात्र बाँचेकी छन् ।
टिकारामका छिमेकी मानिकलाल श्रेष्ठको घरमा वस्दै आएकी लक्ष्मी श्रेष्ठले भनिन्–‘छोरी आशिकाले घरमा बुवा आमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना घटेको थाहा भएको हो ।’ छिमेकी श्रेष्ठले भनिन्–‘छोरी आशिकालाई पाउने १ वजे राती मेरो छोरी हेरी दिनु हामी तल जाने काम प¥यो भन्दै मेरो कोठामा ल्याई दिए ।’ त्यस पछि के भयो आफूलाई थाहा नभएको श्रेष्ठले बताईन । एक्कासी विहिवार विहान चप्पल लगाएर आउ नानी भनेर आशिकालाई पठाउँदा कोठामा बुवा आमाबीच झगडा भएको भन्दै सुनाएको र हेर्न जाँदा घट्ना भैसकेको श्रेष्ठले बताईन ।
टीकारामका छोरा आयूष धनकुटा–३ स्थित् लाँकुरे आधारभूत प्राविमा कक्षा–५ मा अध्ययनरत थिए भने छोरी आशिका भने कक्षा–१ मा अध्ययन गर्दै छन् ।
श्रीमान टिकारामलाई रक्सी छुटाउन अनेक उपाय अपनाएका थिए भीमाले तर, उल्टै आफ्नो मात्र हैन छोराको समेत ज्यान लिए :
टिकारामलाई वुधवार श्रीमती भीमाले जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य उपचारको लागि लगेको छिमेकी लक्ष्मी श्रेष्ठले वताईन । अस्पतालमा डक्टरले रक्सीको कारण किड्नी खराव भैसकेकाले नखान सुझाव दिएको खबर श्रीमती भीमाले सुनाएको लक्ष्मीले बताईन । उनले वुधवार नै रक्सी छुटाउनको लागि टिकारामलाई धर्मगुरुकोमा समेत लगेको वताईन ।
राती करिब सवा १ बजेको समयमा घटना भएको अनुमान प्रहरीले गरेको छ ।
घट्ना घटेको थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यलय धनकुटाको टोली घटनास्थल पुगेर अनुसन्धान गरि आवश्यक सर्जिमिन मुजुल्का उठाएको छ । प्रहरीले सर्जिमिन मुजुल्का उठाएसंगै तिन वटै डेथवडीहरु पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।
घटनाको प्रकृति हेर्दा झगडा गर्ने क्रममा टिकारामले श्रीमती र छोराको हत्या गरेर आफूले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिएका छन् । झगडाको कारण एक्किन नभए पनि मादक पदार्थ सेवन गर्ने भएकै कारण घट्ना घटेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घट्नाको विषयमा भीमा तामाङ गुरुङ्गका माइती पक्षले के कसरी घट्ना घटेको हो भन्दै जिल्ला प्रहरी कार्यालयमा आएर चासो राखे पछि पोष्टमार्टम वुधवार अवेर मात्र धनकुटा अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । मृतक भीमा थिङ तामाङको माहिली दिदिको छोरा कुमार थिङका अनुसार बिहिबार साँझ पोष्टमार्टम भए पनि शुक्रवार मात्र धनकुटाको हिलेमा वौद्ध परम्परानुसार अन्त्यष्ठी गरिने बताए ।
- Dhankutapress