Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

३०औं तामाङ प्रसारण दिवसको अवसरमा धनकुटाको हिलेमा विविध कार्यक्रम

सामाजिक संस्थामा राजनीति नगर्न सरोकारवालाले दिए सुझाव

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

हिले/तामाङ पत्रकार संघ जिल्ला समिति र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले संयुक्त रुपमा ३०औं तामाङ प्रसारण दिवस विविध कार्यक्रमको आयोजना गरी सनिवार धनकुटाको हिलेमा मनाएको छ । 

बिक्रम सम्वत २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा ‘तामाङ ताम्ला साङ्गयूर’ अर्थात तामाङ भाषाको समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गतेलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आइरहेका छन् । 

तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिले संयोजन गरेको ३०औं तामाङ प्रसारण दिवसको अवसरमा शुभकामना आदन–प्रदान तथा नेपाल तामाङ घेदुङको समसामयिक विषयमा खुल्ला अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले प्रदेस नं.१ को विभिन्न जिल्लामा तामाङ पत्रकारहरु पत्रकारिता पेशामा आवद्ध भएको आफूले पाएको बताए । उनले भने–‘पत्रकारिताको माध्यामबाट तामाङहरुले पनि काम गरेर मुलुक र जनताको सेवा गर्दै आफूलाई अब्बल दर्जाको पत्रकारको रुपमा स्थापित गर्न सक्नु पर्दछ ।’ उनले मुलुकमा तामाङ पत्रकारिताको विकास भएको ३० वर्ष पुगेको भन्दै आगामी दिनमा तामाङ पत्रकारहरुले आफ्नो समुदायमा थप शसक्त ढंगले कलम चलाउनु पर्नेमा जोड दिए । उनले २१ औँ शताब्दीका तामाङ पत्रकारहरूलाई नयाँ र डिजिटल प्रविधिको प्रयोग गर्दै सत्य र तथ्यको आधारमा पत्रकारिता गर्न आग्रह पनि गरे । कार्यक्रमका विशेष अतिथि धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङ्गदा तामाङले तामाङहरु सामाजिक संस्था नेपाल तामाङ घेदुङ विधि, प्रक्रिया र विधानसम्मत चल्नु पर्नेमा जोड दिए । उनले भने–‘सामाजिक संस्थामा कोही कसैले पनि राजनीति गर्नु नहुने बताउँदै काम गर्ने क्रममा केही तलमाथि भए एक अर्कामा समन्वय सहकार्य गरेर मिलाउनु पर्छ ।’ नेपाल तामाङ घेदुङको विषयमा कोही कसैलाई चित्ता वुझेको छैन भने संस्थाले आयोजना गरेको खुल्ला अन्तरक्रिया कार्यक्रममा आएर साक्षात्कार गर्नु पर्ने बेलमा भागेर समश्याको सामधान नहुने अध्यक्ष तामाङले ठोकुवा गरे ।त्यसैगरी नेपाल तामाङ घेदुङका संघीय समिति सदस्य विष्णु मोक्तान तामाङले तामाङ घेदुङ धनकुटामा देखिएको विवाद तत्काल समाधन हुनु पर्नेमा जोड दिए । उनले भने–‘तामाङहरु फुटेर हैन, जुटेर घेदुङमा एक भएर अघि वढ्नु पर्नेमा जोड दिन्छु ।’ पछिल्लो समयमा तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको अध्यक्ष बाहेकका पदाधिकारीहरुले राजिनामा गरेको विषयले घेदुङमा विवाद उत्पन्न भएको मोक्तानले बताए । उनले भने–‘जातिय संस्थामा आएको विवादले सिङ्गो तमाङ समुदायलाई सामाजिक रुपमा घाटा हुने भएकाले तत्काल विवाल अन्त्य हुनु पर्छ ।’शुभकामना आदन–प्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङ धनकुटाका पुर्व सचिव पूर्वा घिसिङ, सह–सचिव धनवहादुर मोक्तान, तामाङ, आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, संघीय समितिका सदस्य विदुर खवास, तामाङ पत्रकार संघका प्रदेश नं.१ का अध्यक्ष मोहन तामाङ, हिलेमा मा.वि.का शिक्षक चन्द्र वहादुर योन्जन तामाङ भोजपुर जिल्ला अध्यक्ष शारादा तामाङ, रेडियो नेपाल प्रदेस प्रसारण केन्द्रका लिम्वू भाषाको समचार सम्पादक सन्देश सुब्बा लगायतले प्रसारण दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समाजिक संस्थामा राजनीति गर्न नहुने भन्दै सरोकारवालाहरुलाई सुझाव दिएका छन् तामाङ पत्रकार संघको देशभरका ३६ जिल्लामा रहेका जिल्ला शाखाहरूले ३०औं तामाङ प्रसारण दिवसलाई विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएको संघका संघीय अध्यक्ष सुवास योञ्जन तामाङले बताएका छन् । उनले हरेक वर्ष संघीय समितिले काठमाण्डौमा कार्यक्रम आयोजना गरेर कृयाशिल तामाङ पत्रकारहरुलाई तामाङ मिडिया अवार्ड वितरण गर्दै आएको छ । यस वर्षको ‘तामाङ मिडिया अवार्ड’ नयाँ पत्रिका दैनिकमा कार्यरत राजु स्याङ्तान र नेपाल टेलिभिजनमा कार्यरत शान्ति वाइबालाई प्रदान गरिएको छ । 

  • dhankutapress

थप