धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकाले व्यक्तिगत घट्ना दर्ता सप्ताहको अवसर पारेर नगरवासीलाई सचेतना जगाउने उदेश्यले मंगलवार धनकुटामा ¥याली आयोजना गरेको छ ।
‘आफ्नो वडामा गई व्यक्तिगत घट्ना दर्ता गरी घट्ना दर्ता सप्ताह सफल पारौं’ भन्ने मूल नाराको साथ आयोजना गरिएको सचेतना ¥याली धनकुटाको मदनचोकबाट शुरु गरिएको थियो । विभिन्न नारा लेखिएको प्ले कार्ड सहित ¥यालीमा सहभागीहरु धनकुटा वजारको विभिन्न भागको परिक्रमा गरेका थिए । वजार परिक्रमा पश्चात नगरपालिकाको सभा हलमा पुगेर कोणसभा आयोजना गरिएको थियो ।
¥यालीमा नगरवासीहरु,जनप्रतिनिधिहरु, संघ, संस्थाका अगुवाहरु, नगरपालिकाको विभिन्न वडा र कार्यालयमा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । धनकुटा नगरपालिकाको वडा नं.६,७ र ८ ले संयुक्त रुपमा र अन्य वडाहरुमा वडा स्तर मै व्यक्तिगत घट्ना दर्ता सप्ताहको अवसर पारेर सचेतनामूलक ¥याली आयोजना गरिएको उप–प्रमुख भिमा खनाल (शान्ता) ले वताईन ।
कोणसभालाई सम्वोधन गर्दै खनालले भनिन्–‘व्यक्तिगत घट्ना दर्ता सप्ताह राष्ट्रिय कार्यक्रम अनुसार धनकुटा नगरपालिकाको १० वटै वडामा प्रचार प्रसारको विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।’ उनले धनकुटा नगरपालिकाले व्यक्तिगत घट्ना दर्ता किन भन्ने विषयमा नगरवासीलाई जानकारी गराउने उदेश्यले पर्चा समेत छापेर वैसाख १ गते देखी आगामी ७ गतेसम्म निरन्तर प्रचार प्रसार गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताईन ।
त्यसैगरी धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम वहादुर थापाले भने–‘व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्त गर्नको लागि जन्म, मृत्यु, विवाह, बसाँईसराई र सम्वन्ध विच्छेद लगायत व्यक्तिगत घट्नाहरु घट्ना घटेको ३५ दिन भित्र दर्ता गर्नु पर्छ ।’
उनले नगरवासीलाई आ–आफ्नो वडा कार्यालयमा गएर व्यक्तिगत घट्ना दर्ता गर्न सेवाग्रहीलाई अनुरोध समेत गरेका छन् । त्यसैगरी सामाजिक सूरक्षा कार्यक्रम अन्तर्गत भत्ता प्राप्त गर्नको लागि पनि वडा कार्यालयमा गएर निवेदन दिन नगरवासीहरुमा अनुरोध समेत गरिएको छ ।

- Dhnakutapress