Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

गाउँपालिकाले फोनिजसंगको सहकार्यमा गाउँमै पत्रकार उत्पादन गर्ने

पालिकास्तरमा फोनिजको संगठन विस्तार गरिने

  •   ५ वर्ष अघि | २३ चैत्र २०७८, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/चौंबिसे गाँउपालिकाले स्थानीय स्तरमा भएको विकास निर्माणका विविध गतिविधिहरु आमसञ्चार माध्यममा पर्याप्त रुपमा प्रकाशन÷प्रसारणमा नआएपछि गाँउपालिका आफै स्थानीय स्तरमा पत्रकार उत्पान गर्न लागेको छ । 

यसैक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा जिल्ला शाखाको आयोजना र चौंबिसे गाँउपालिकाको सहयोगमा तिन दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम आईतवार सम्पन्न भएको छ । तालिमको मुख्य उद्देश्य भनेको गाउँपालिकाले फोनिजसंग मिलेर पालिका स्थानीयस्तरबाटै सक्षम पत्रकार उत्पादन गर्नु रहेको छ । 

तालिम समापन समारोहमा वोल्दै चौंबिसे गाँउपालिकाका अअध्यक्ष खजिन्द राईले पालिकावासीको असिमित इच्छा, चाहाना र आवश्यक्तालाई स्थानीय सरकारको सिमित श्रोत साधानले काम गरेको बताए । उनले भौतिक पूर्वाधार, सडक तथा पुल निर्माण, गाउँपालिकाको भवन, न्यायिक भवन, विद्यालय तथा स्वास्थ्य चौकी भवन, शिक्षा लगायत विकासको दर्जनौं पाटोमा काम गरेको बताएका छन् ।

तालिम समापन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष खजिन्द्र राईले भने–  ‘बाटोघाटो बनिएका छन्, घरघरसम्म बस गुड्ने बाटो पुगेको छ, खानेपानी घरघरमा छ, स्कूलमा कम्प्युटर देखि सुविधाका लागि टिभी समेत छ ।’ उनले थपे–”गाँउपालिकाको जीवनशैलीमा आमूल परिवर्तन र सुधार गरिएको छ, तर पनि आमसञ्चारका माध्यमबाट यसको हुनुपर्ने जति आवश्यक रुपमा प्रकाशन÷प्रसारण नहुदाँ चौंबिसे गाँउपालिकाले गरेका विकास र सम्मृद्धिका विषय, आमचासोका अन्य गतिविधि देखाउन सकेनौं ।”


अध्यक्ष राईले चौंबिसे गाँउपालिकामा स्थानीयस्तरमा नै रहेर काम गर्ने पत्रकार वा सञ्चारकर्मी नहुनुले पालिकाको गतिविधि संचार माध्याममा जति आउनु पर्ने नआएको हुन सक्ने बताए । उनले गाँउपालिकाले नै कुनै पनि कुनै पनि मिडिया व्यवसायीक रुपले संचालनमा ल्याउन नसक्नुले स्थानीय सरकारले गरेका प्रगती÷उन्नतिका विवरणहरु देखाउन नसकिएको बताए । उनले सञ्चारको विकासको निम्ति गाँउपालिकाले सक्दो सहयोग गर्ने बताउदै आगामी दिनमा विकास पत्रकारितामा ध्यान दिन तालिम आयोजक संस्था र प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले अहिले तालिम लिएका १६ जनालाई केही समय पछि थप तालिमको लागी पनि वजेट विनियोजन गरेर जाने बताएका छन् । 

तालिम समापन समारोहका विशेष अतिथि गाँउपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचालले चेतनशील शक्तिको उत्पादनका निम्ति पनि पत्रकारिता र आमसञ्चारका क्षेत्रलाई गाँउपालिकाले सहयोग गर्ने बताए । उनले स्थानीय सरकारले गरेका राम्रा कामहरुलाई राम्रा भन्न र नराम्रालाई आलोचनासहित सुधार गर्नका लागि पत्रकारहरुले सुक्षाब दिनुपर्ने कुरामा जोड दिए । 

”पत्रकारिता क्षेत्र शक्तिको रुपमा रुपान्तरण गरिनु पर्नेमा जोड दिदै गाँउपालिका उपाध्यक्ष रुचालले भनिन्– ‘राम्रो गरेका काम भए राम्रो र नराम्रा काम भएको भए खबरदारी गर्ने जनताका असली प्रतिनिधि आमसञ्चारकर्मीहरुको धर्म र दायित्व हो ।’ सो अवसरमा फोनिज १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले फोनिजको सातौं संघिय महाधिवेशनबाट पारित विधानले अबको दिनमा फोनिज पालिका स्तरमा गठन गर्न अनुमति दिएको बताए । लामाले भने–‘पालिकाहरुले गरेको हरेक गतिविधिलाई मुलधारको संचार माध्यामसम्म पु¥याउन र प्रचार प्रसार गर्न अब फोनिजले गाउँगाउँ मै पत्रकार उत्पादन गर्छ ।’ लामाले भने–‘अब हामी फोनिजको पालिका स्तरमा संगठन समेत चाँडै विस्तार गर्दै जाने छौं ।’  

तालिममा ब्लाष्टका धनकुटा सम्वाददाता एवं फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामाले आधारभूत पत्रकारिता, नेपाली पत्रकारिताको विकास र सूचना र आमसंचारको विषयमा सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष एवं द धनकुटा हेराल्ड दैनिका प्रकाशक एवं सम्पादक नगेन्द्र राईले पत्रकार आचारसंहिताको वारेमा सहजीकरण गरेका थिए । त्यसैगरी फोनिजका केन्द्रिय सदस्य एवं रेडियो लाली गुराँस हिलेका स्टेशन मेनेजर विदुर खवासले उद्धघोषण कलाको वारेमा सहजीकरण गरेका थिए । तालिमका मुख्य प्रशिक्षक नवीन गुरूङले मल्टिमिडिया र डिजिटल (अनलाइन) पत्रकारिता बारे आधारभूत ज्ञान, भिडियो क्यामराको प्रयोग र भिएसडिसी आधारभूत भिडियो सम्पादन प्रशिक्षण दिएका थिए । 

चौबिसे गाउँपालिका प्रदेश नम्बर १ को धनकुटा जिल्लामा अवस्थित ४ गाउँपालिका मध्येको एउटा गाउँपालिका हो । तालिममा गाउँपालिकाको ६ नं. बुधबारे, मुडेबास, कुरुलेतेनुपा, बोधे, राजरानी, मौनाबुधुक, बसन्तटार लगायतका ८ वटा वडाबाट २ जनाको दरले जम्मा १६ प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

फोनिज धनकुटाका अध्यक्ष बिनु चेम्जोङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम दाहाल, लेखा प्रम्ख सोवित तुम्वा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका उपाध्यक्ष उत्तम देवान, फोनिज जिल्ला उपाध्यक्ष मानवी मोक्तान लगायतले तालिममा सिकेको ज्ञान सिपलाई व्यवहारमा लागु गर्न सहभागीलाई आग्रह गरेका थिए ।

सो अवसरमा तालिम आयोजक संस्था फोनिज धनकुटाको तर्फबाट चौविसे गाउँपालिका कार्यालय, मुख्य प्रशिक्षक गेर्खा खवर डटकम तथा सोल्टी टिभीका प्रमुख नविन गुरुङ र फोनिज प्रदेश १ का अध्यक्ष सन्तवीर लामालाई सम्मान गरिएको थियो । तालिम समापन समारोहको संचालन फोनिज जिल्ला सचिव पुर्णकुमार चौधरीले गरेका थिए ।


  • dhankutapress

थप