धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/जिल्ला प्रहरी कार्यालय धनकुटाले बिभिन्न समयमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको ४ सय २० के.जि. अबैध गाँजा सनिवार जलाएर नष्ट गरेको छ । जिल्लाको बिभिन्न स्थानबाट बिभिन्न समयमा अबैध ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरेको गाँजा मुलघाट स्थित तमोर नदी किनारमा लगेर आगो लगाएर नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका ईन्पेक्टर सुमन खड्काको नेतृत्वमा गएको प्रहरी टोली र मुलघाट स्थित प्रहरी चौकीको प्रहरी टोलीले आगो लगाएर गाँजा नष्ट गरेको हो । यस अघि जिल्ला प्रहरी कार्यालय परिसरमा नै जलाएर नष्ट गर्दै आएको प्रहरीले स्थानिय स्तरमा जनगुनासो आएपछि पछिल्लो समय मानव बस्ति भन्दा टाढा लगेर गाँजा नष्ट गर्न शुरु गरेको हो ।
- dhankutapress