Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

फोनिज धनकुटा शाखामा रिक्त रहेको पदहरुमा पदपुर्ति

  •   ३ वर्ष अघि | १२ भदौ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखामा रिक्त रहेको विभिन्न पदहरुको सोमवार पदपुर्ति गरिएको छ ।

फोनिज संघीय समिति सदस्य विदुर खवासको प्रमुख अतिथ्यता तथा प्रदेश अध्यक्ष सन्तवीर लामाको विशेष आतिथ्यतामा सम्पन्न विशेष वैठकले जिल्ला समिति धनकुटामा रिक्त रहेको विभिन्न पदहरुको पदपुर्ति गरिएको हो । शाखा अध्यक्ष विनु चेम्जोङको अध्यक्षतामा सम्पन्न विशेष वैठकबाट सचिव पदमा स्वर्गिय सचिव पूर्णकुमार चौधरीको स्थानमा प्रदेश पार्षद आकृति राईलाई पदपुर्ति गरिएको छ । सचिव चौधरीको ०७९ माघ १९ गते न्यून रक्तचापको कारण वि.पि.कोईराला स्थास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको ३२ वर्षको उमेरमा दुःखद निधन भएको थियो । 

त्यसैगरी सह–सचिव जयन्ती राई लोकसेवा अन्तर्गत शिक्षा सेवा आयोगको परिक्षा पास गरे शिक्षण पेशामा सेवारत रहेकाले रिक्त रहेको पदमा राजकुमार राईलाई पदपुर्ति गरिएको छ । त्यसैगरी सदस्य विवेक तामाङ लगायत जिल्ला समितिका केही सदस्यहरु वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएको र कोहि अन्य क्षेत्रमा व्यस्त रहेकाले सदस्यहरुमा मिङ्गमा ल्हामु शेर्पा, सुनिता राई र अशोक मगरलाई पदपुर्ति गरिएको छ । 

२४औं स्थापना दिवशको अवसरमा घोषणा गरिएको ‘श्रमजिवि आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार कोष’को संचालन शाखा अध्यक्ष विनु चेम्जोङ, सचिव आकृति राई र कोषाध्यक्ष विश्वराज श्रेष्ठको हस्ताक्षरमा संचालन गर्ने निर्णय गरिएको शाखा अध्यक्ष विनु चेम्जोङले बताईन । स्वर्गिय पूर्णकुमार चौधरी स्मृति कोषको संचालन पनि शाखा अध्यक्ष विनु चेम्जोङ, सचिव आकृति राई र कोषाध्यक्ष विश्वराज श्रेष्ठको हस्ताक्षरमा राष्ट्रिय वाणिज्य वैंक धनकुटा शाखामा वैंक खाता संचालन गर्ने निर्णय भएको उनले बताए । 

स्थापना दिवशको अवसरमा यहि भाद्र ९ गते पाख्रीवास नगरपालिका वडा नं.९ उत्तरपानी वजारमा आयोजित कार्यक्रममा अक्षयकोषको लागि ५ लाखको ‘आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार कोष’ र ३ लाखको ‘स्व.पूर्णकुमार चौधरी स्मृति कोष’ को घोषणा गरिएको थियो । सहि वमोजिम वैंक खाता संचालन गर्ने निर्णय गरिएको शाखा अध्यक्ष विनु चेम्जोङले बताईन ।पदपुर्ति गरिएका पदाधिकारी एवं सदस्यहरुलाई फोनिजका संघीय समिति सदस्य विदुर खवास र प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामाले खदा लगाएर स्वागत एवं सम्मान गरेका छन् । सो अवसरमा संघीय समिति सदस्य विदुर खवासले फोनिज जिल्ला समितिमा विभिन्न पदमा जिम्मेवारी पाएका पदाधिकारी एवं सदस्यहरुलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् ।  

  • Dhankutapress

थप