Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा वसपार्क देखि परिचय मोडसम्मको राजमार्ग सरसफाईले दिन खोजेको सन्देश

  •   ४ वर्ष अघि | ४ चैत्र २०७९, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका र पर्डेप नेपालको आयोजनामा सनिवार विहान सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। मुख्य सडक सरसफाइ अभियान अन्तर्गत धनकुटा बसपार्कदेखि परिचयमोडसम्मको धरान धनकुटा राजमार्गको मुख्इ सडक सरसफाइ गरिएको हो । 

युएनडिपीको सहकार्यमा तथा पर्डेप नेपालको संयोजनमा धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापनको काम गरिरहेकोले सोही अनुसार राजमार्ग सरसफाई गरिएको पर्डेप नेपालका कार्यक्रम संयोजक मिनप्रसाद सुवेदीले जानकारी दिए । सडकमा उम्रिएको घाँस, प्लाष्टिकले फोहोर भएपछि सरसफाइमा गरिएको हो । कम्तीमा पनि आफ्नो घरवरपरको फोहोर आफैले उठाउने बानी भए गाउँ–टोल सफा रहने सुवेदीले बताए ।

देशकै सफा शहरको रुपमा पटकपटक पुरस्कृत भएको धनकुटा नगरपालिकाले साप्ताहिक रुपमा धनकुटा बजार तथा राजमार्ग सफाईको कार्यक्रम आयोजना गर्ने जनाएको छ। सरसफाईका क्रममा राजमार्ग छेउछाउमा फोहोर गर्नेलाई चेतावनी दिइएको धनकुटा नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी लिला केसी लगायत सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मीहरु, नागरिक समाज, संघसंस्था, स्थानीय तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

वसपार्कदेखि जिरो पोईन्टसम्मको सडकमा सम्वन्धित् पक्षको ध्यान जावस 

नगरपालिकाको सरसफाई अभियानमा पहिलो पटक परेको वसपार्क देखिको जिरोपोइन्टसम्मको तिन वर्ष अघि मुख्य मन्त्री नमूना सडकको रुपमा पुनःनिर्माण गरिए पनि क्षतविक्षेत भएको अवस्थामा छ । जिरोपोइन्ट देखी वसपार्कसम्मको करिव १ किलो मिटर सडक मापदण्ड विपरित दाँयावायाँ मिचिएको छ ।

कमसल पुनःनिर्माणको कारण सडक यत्रतत्र खाल्डाखुल्डी परेका छन् । दुई लेण्डको साँगुरो सडक ट्राफिक पोष्ट नजिकै भएपनि अतिक्रमणको कारण साँगुरीइएको छ । सडकको एक साईडमा जहिले पनि ढुवानीका ठुलाठुला सवारी सधान पार्किङ्ग, ग्रिल उद्योग संचालन, मोटरसाईकल ग्यारेज, कोशी ग्याँसको डिलर, किराना पसल, होटल सडकसंगै टसाएर संचालन गरिनाले कुनै पनि वेला गम्भिर दुर्घटना हुन सक्ने देखिन्छ । यस तर्फ सम्वन्धित पक्षको ध्यान जान जुरुरी छ । 


  • Dhnakutapress

थप