सुस्मिता थिङ
धनकुटा प्रेस सम्वादाता
धनकुटा/नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजको हालै सम्पन्न १ नम्वर प्रदेश महाधिवेशनबाट निर्वाचिच अध्यक्ष र धनकुटाबाट निर्वाचित भएका प्रदेश सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धनकुटा शाखाले फोनिजको प्रदेश महाधिवेशनबाट प्रदेश अध्यक्षमा फोनिजका निर्वतमान अध्यक्ष सन्तविर लामा अध्यक्षमा र धनकुटा जिल्लाकाबाट सर्मिला राई र बम्हलाल हजारी सदस्यमा निर्वाचित हुनु भएकोले उनीहरुको सम्मानमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
उनीहरुलाई फोनिजका संघिय सल्लाहकार सञ्जय सन्तोषी राई,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघका १ नम्वर प्रदेश उपाध्यक्ष हिमा चेम्जोग, धनकुटा शाखा अध्यक्ष नगेन्द्र राई,फेनिजका १ नम्वर प्रदेशका निर्वतमान महासचिव विदुर खवास,नेपाल पत्रकार महासंघ धनकुटाका निर्वतमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,फोनिज धनकुटका कानुनी सल्लाहकार अधिवक्ता ठगिन कुमार राई,भुदेव भगत लगायत ,फोनिज धनकुटाका अध्यक्ष बिनु चेम्जोग,सचिव पूर्ण चौधरी,कोषाध्यक्ष विश्वराज श्रेष्ठ लगायतले खादा माला तथा टिका लगाई दिई सम्मान गर्दै बधाई ज्ञापन गरी सफल कार्यकालको लागी शुभ कामना दिए ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोजिन धनकुटाका अध्यक्ष बिनु चेम्जोगको अध्यक्षमा भएको सम्मान तथा बधाई कार्यक्रमको संचालन सचिव पूर्ण चौधरीले गर्भरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष विश्वराज श्रेष्ठले राखेका थिए ।
- धनकुटा प्रेस