Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा अर्गानिक व्यवस्थापन समिति गठन

अध्यक्षमा दर्नाल

  •   ४ वर्ष अघि | ४ असार २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ धनकुटामा अर्गानिक व्यवस्थापन समिति ¬(पिजीयस) गठन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच युवराज दर्नालको अध्यक्षतामा ११ सदस्यीय धनकुटा समिति गठन गरिएको हो । 

समितिको उपाध्यक्षमा लालयन राई, सचिवमा बेद प्रसाद रोइला, सह–सचिवमा हिक्मत मगर र कोषाध्यक्षमा आशा राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पदम बहादुर आले, केशब चेम्जोङ, उपेन्द्र खनाल, नारायण श्रेष्ठ, गणेश सुवेदी र मणिकुमार सुवेदी रहेका छन् । समितिले नारायण श्रेष्ठको संयोजकत्वमा गणेश सुवेदी र मणिकुमार सुवेदी सदस्य रहेको प्रमाणिकरण उपसमिति समेत गठन छ । त्यस्तै सीता बस्नेत, हिरा बस्नेत र तोर्ण राईलाई निरीक्षक तोकेको नव–निर्वाचित अध्यक्ष दर्नालले बताए ।


उनले यो समितिले धनकुटामा अर्गानिक खेति गर्न प्रोत्साहन गर्ने, माटोको प्रमाणिकरण गर्ने लगायतको काम गर्ने जानकारी दिए । अहिले प्रयोग भइरहेको रसायनिक पदार्थ बन्द गरेर प्रांगारिक मल प्रयोग गर्न थालेको ६ महिनादेखि १ वर्षसम्म माटो अगार्निक हुन समय लाग्ने भएकाले सो अवधिलाई निरीक्षण गर्ने बताए । प्रांगारिक मलको प्रयोग बढाउन किसानलाई सहजिकरण गर्ने दर्नालको भनाई छ । समितिले आगामि दिनमा भेडेटार, धनकुटा र छ नं. बुधबारेमा अर्गानिक उत्पादन विक्री केन्द्र राख्ने तयारी गर्ने दर्नालको भनाइ छ ।

कृषि ज्ञान केन्द्र धनकुटाले गत जेठ ३१ गतेदेखि असार ४ गतेसम्म प्रांगारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम अन्र्तगत तालिम आयोजना गरेको थियो । प्रांगारिक प्रमाणिकरण सम्बन्धि जिल्ला स्तरिय तालिम आयोजना गरेको समयमा सो समिति गठन गरिएको हो । तालिममा धनकुटा जिल्लाका ७ स्थानिय तहका २३ जना कृषकहरुको सहभागिता रहेको कृषि ज्ञान केन्द्र धनकुटाकी प्रमुख पूर्णमाया गुरुङले जानकारी दिइन् ।

  • Dhankutapress

थप