धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.९ गुठीटारमा एक जना वृद्धको शव फेला परेको छ ।
स्थानिय महेन्द्र राईको घरमा वस्दै आएका तेह्रथुम घर वताउने टंङ्क ओझा विहिवार राती घर भित्र मृत अवस्थामा फेला परेका हुन् ।
अन्दाजी ६० वर्षका वृद्ध मृत भेटिएको प्रहरीले पुष्टी गरेको छ । घट्ना स्थलमा गएको प्रहरीका अनुसार केही दिन देखी स्थानिय महेन्द्र राईको खाली घरमा ओझा वस्दै आएका थिए । उनको मृत शरिरलाई प्रहरीले पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा घट्ना लगत्तै ल्याएको छ ।
- dhankutapress