Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा–३ मा कांग्रेस जाग्यो

  •   ५ वर्ष अघि | २३ चैत्र २०७८, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं. ३ मा वुधवार नेपाली कांग्रेसको वडा भेला सम्पन्न भएको छ । उक्त भेलाले वडा नं. ३ को वडाध्यक्ष वडा सदस्यहरु र मेयर तथा उपमेयरको समेत उम्मेदवारहरु निर्णय गरेर सिफारिस समेत गरेको छ । 

   भेलालाई सम्वोधन गर्दै नेपाली कांग्रेस धनकुटाकाका सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले गठबन्धन गरेरै भए पनि नेपाली कांग्रेसले धनकुटा नगरमा निर्वाचन जित्ने दावी गर्दै एक पटक निर्वाचन जित्नका लागी सवैले त्याग र सर्मपर्ण गर्नु पर्नेमा जोड दिए। 

नेकपा एमालेको ज्याजती,अधिनायकबादी शैलीको विरुद्धमा,उनीहरुको भ्रष्टाचार र अनियमितको भण्डारफोर गर्नका लागी पनि सत्ता गठबन्धनले निर्वाचन जित्नका लागी गठबन्धन आवाश्यक र बाध्यता रहेको समेत धनकुटा नगर संयोजक राईले बताए। 

    उनीहरुले धनकुटा नगरपालिकामा सत्ता गठबन्धन  दलहरुले  निर्वाचन जित्ने भएकोले धनकुटाको विकास र समृद्धीका लागी  नेपाली कांग्रेसले गठबन्धन गरेर निर्वाचनमा जाने वताए।

नेपाली कांग्रेसका जिल्ला सदस्य बासुदेव भण्डारी,मिन कार्की,गोविन्द्र वाग्ले,प्रदेश सभा निर्वाचन क्षेत्रिय सदस्य शान्तिराम मिश्र, नगर सदस्यहरु लेखनाथ रिजाल,करुण गुरागाई ,युवा नेता तथा वडा नं. ४ का कांग्रेसका युवा नेता मातृका राई, वडा नंं ३ का नेताहरु शालिग्राम मिश्र,दामोदर मिश्र,मञ्जु कार्की,राम वहादुर ठकुरी लगायतले नेपाली कांग्रेसलाई जिताउनु जस्तो सुकै त्याग गर्न पछि पर्न नहुने उद्धघोष गरेका छन्।

  धनकुटा नगरपालिका वडा नं. ३ का वडा सभापती पदम भण्डारीको अध्यक्षतमा सम्मन्न भएको वडा भेलामा वडा उपसभापतीहरु कमला ठकुरी,गणेश घिमिरे,सचिव दिनेश भण्डारी,दुर्गा भण्डारी,गजेन्द्र घिमिरे,तिलक कार्की,महेन्द्र घिमिरे, दुर्गा थापा,सदस्यहरु जानुका मगराती,मिरा पौडेल,योगिता कार्की,टेक वहादुर कार्की, कुल वहादुर ठकुरी,कुमार रम्तेल लगायतले उपस्थिति रहेको थियो । 

  • dhankutapress

थप