Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

दानावुङ्गे पन्धाक बाजेको स्मृतिमा शंखेश्वर पार्क भेडेटारमा फलैचा

  •   ५ वर्ष अघि | २६ चैत्र २०७८, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धरान उप–महानगरपालिका वडा नं.११ निवासी स्वर्गिय महासेर पन्धाक लिम्बुको स्मृतिमा उनका परिवारजनले धनकुटाको पर्यटकिय नगरी भेडेटार स्थित् शंखेश्वर पार्कमा फलैचा निर्माण गरि दिएका छन् ।

वि.सं.१९९० सालमा तेह्रथुमको पौठाक लाब्रीमा जन्मिएका दानावुङ्गे माहिला वाजेको वि.सं.२०६५ सालमा निधन भएको थियो । उनको एक श्रीमती, तिन भाई छोरा, ३ वुहारी, १ छोरी–ज्वाई र डेड दर्जन भन्दा वढी नातानातिनी रहेको छन् ।  


पुर्खेउली घर तेह्रथुम जिल्लाको पौठाक लाब्री भै हाल धरान–११ मा वसोवास गर्दै आएका स्वर्गिय पन्धाकको स्मृतिमा उनको परिवारले ६ लाख रुपयाँ खर्चेर फलैचा निर्माण गरि दिएका हुन् । नवनिर्मित फलैंचाको सनिवार साँगुरीगढी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष यम प्रकास मगर र स्वर्गिय पन्धाकका धर्मपत्नि नरमती साँवाले संयुक्त रुपमा रिवन काटेर उद्धघाटन गरे । फलैचाको वरीपरी फलामको रेलिङ लगाइएको छ । ७ फुट चौडाई र १६ फुट लम्वाई रहेको फलैचा दुई तलाको रहेको छ । माथिल्लो तलामा शंखेश्वर पार्क घुम्न आउने आन्तकि तथा वाह्य पर्यटकहरु आरम गर्नेछन् भने भुई तलामा शंखेश्वर मन्दिरका पुजारी जगत वहादुर लिम्वुलाई वस्ने कोठा निर्माण गरिएको छ । उनलाई सो अवसरमा लत्ताकपडा लगायतका विविध सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ । 


यस अघि मन्दिरका पुजारी जगत वहादुर करिव २ घण्टा लामो पैदल यात्रा गरेर शंखेश्वर मन्दिरको पुजा आराधना गर्दै आएका थिए । अव भने पन्धाक परिवारले मन्दिर नजिकै फलैचा र फलैचासंगै पुजारी वस्ने कोठा पनि निर्माण गरि दिएकाले जगत वहादुरलाई सजह भएको छ । भवन उद्धघाटन पछि परिवारको तर्फबाट स्वर्गिय पन्धाकका धर्मपत्नी नरमती साँवा पन्धाक लिम्वु र उनका कान्छा छोरा ताराहाङ पन्धाकले नेष्ट भेडेटारका कार्यवाहक अध्यक्ष नरवहादुर चेम्जोङलाई हस्तान्तरण गरे । उनले सो अवसरमा अध्यक्ष चेम्जोङलाई १० हजार नगद समेत प्रदान गरेका छन् भने फलैचाको रेखदेख र हेरचाह गर्ने सम्पुर्ण जिम्मा पनि नेष्ट भेडेटारलाई दिएका छन् । 


फलैचा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष यमप्रकार मगरले पन्धाक परिवारलाई धन्यवाद् दिए । वडाध्यक्ष मगरले भने–‘पर्यटकिय स्थल भेडेटारको शंखेश्वर पार्कमा आन्तरिक तथा वाह्य पर्यटकको लागी अत्याधुनिक खालको फलैचा निर्माण भएको छ ।’ यस्ले भेडेटारको पर्यटन प्रवद्र्धनमा अवश्य पनि टेवा पुग्ने भन्दै धन्यवाद् दिए । उनले धामिर्क तथा पर्यटकिय स्थलमा फलैचा निर्माण गरि दिने पन्धाक परिवारलाई साँगुरीगढी गाउँपालिकाको तर्फबाट ६ नम्वर वडा मार्फत प्रशंसा पत्र प्रदान गर्ने घोषणा गरे । 

स्वर्गिय पन्धाकका कान्छा छोरा ताराहाङ पन्धाकको अध्यक्षतामा सम्पन्न फलैंचा उद्धघाटन समारोहमा होटल एशोसिएशन भेडेटारका प्रतिनिधि रमेश श्रेष्ठ, पन्धाक परिवारका अगुवा अमर पन्धाक, फोनिज प्रदेश नं.१ अध्यक्ष सन्तवीर लामा लगायतले धार्मिक पार्कमा फलैंचा निर्माण गरेर पन्धाक परिवारले पुन्य कमाएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रमको संचालन नेष्ट भेडेटारका कार्यवाहक अध्यक्ष नरवहादुर चेम्जोङले गरेका थिए । 


  • dhankutapress

थप