Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

चुनाबको मुखमा वितन्डा मच्चाउने श्रीमानलाई कार्वाहीको माग

मत्थु श्रीमानको कुटपिटबाट श्रीमतीको हात भाँचियो

  •   ५ वर्ष अघि | १६ बैशाख २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.–९ कमलाबारीकी ३० वर्षीया कविता राई २९ वर्षीय पति अनिल राईको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । घट्ना वैसाख १५ गते विहिवार दिउँसोको हो ।  उनको श्रीमानको कुटाईबाट दाहिने हात भाँचिएको छ । 

श्रीमती कवितालाई पिडक श्रीमान अनिलले मादक पदार्थ सेवन गरेर विहिवार आफ्नै घरमा श्रीमतीको हात भाँचिने गरी कुटपिट गरेको खुलेको छ । सामान्य घरायसी विवादका क्रममा कवितालाई अनिलले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एस्पी लक्ष्मीराज अधिकारीले बताए । पतिको कुटपिटले पत्नीको दाहिने हात भाँचिएको र अनुहारमा चोट लागेको छ । पीडितको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।


श्रीमान अनिल विरूद्ध कविताले वैशाख १५ गते विहिवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एस्पी अधिकारीले बताए । धनकुटा नगरपालिका वडा नं ९ स्थित कमलावारी स्थायी घर भएपनि राई परिवार गुठिटार बसोबास गर्दै आएका थिए । घट्ना पछि मत्थु श्रीमती कुटुवा राई फारार भएको प्रहरीले जनाएको छ । कवितालाई राईले फलामको रडले हान्दा त्यसको प्रतिकार गर्दा उनको दायाँ हातको कुइनो खुस्किएर टुक्रिएको छ । 

श्रीमानको कुटाईबाट गम्भिर घाईते राईको अप्रेशन गरी स्टील हाल्नु पर्ने अवस्था देखिएकोले जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार पछि थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा पठाउने वताइएको छ । उनको धनकुटा जिल्लामा रहेको लैंगिक हिंशा निवारण तथा आपतकालीन उपचारका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत उपचारका लागि पहल गरीएको छ । 

उनलाई जिल्ला अस्पतालले थप उपचार गर्दा लाग्ने खर्च निःशुल्क गराइएको अधिकारकर्मी गीता अधिकारीले वताएकी छिन् । उनले घाईते कविताको थप उपचारका लागी मोरङ जिल्लाको कोशी अञ्चल अस्पतालमा समेत एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत गर्ने व्यवस्था मिलाइएको छ । साथमा नाबालक छोरा समेत रहेको कविताको यस अघि पनि श्रीमान अनिलले बियरको बोतल प्रहार गरी अनुहारमा गहिरो चोट लगाएका थिए । कविताले दुधमुखे बालक चेपेर घरमा काम गरिरहेको अवस्थामा आफ्नै श्रीमानबाट हात भाँचिने गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दर्ता गराएकी छन् । घट्ना पछि फरार रहेका राईको व्यापक खोजी भैरहेको प्रहरी प्रमुख एस्पी लक्ष्मीराज अधिकारीले बताएका छन् । 


  • dhankutapress

थप