Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

क्यान्सर पिडित तिगेलालाई आर्थिक सहयोग

जनप्रतिनिधि आएपछि टोलको विकास निर्माणको काम ओझेलमा परेको जनगुनासो

  •   ४ वर्ष अघि | २ कार्तिक २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/जिल्लाको छथरजोरपार्टी गाउँपालिकाको हात्तिखर्क घर भै हाल धनकुटा नगरपालिका वडा नं.६ मा वसोवास गरिरहेका प्रेम तिगेला (खेवा) का धर्मपत्नी क्यान्सर पिडित इन्द्रमाया तिगेला (खेवा) लाई मंगलवार नगद सहयोग गरिएको छ ।

लामो समय देखि क्यान्सर पिडित भै उपचारत रहेका इन्द्रमायालाई थप स्वास्थ्य उपचारको लागि सहयोग पुगोस भन्ने उदेश्यले फोक्ल्याण्ड टापु टोल वस्ती संगठनको तर्फबाट १८ हजार नगद संकलन गरि सहयोग गरिएको अध्यक्ष शिव तिगेलाले वताए । उनले इन्द्रमायाको उपचारको लागि आर्थिक समेत अभाव देखिएको र क्यान्सरको विरामी निरन्तर डाक्टरको निगरानी र सल्लाहमा औषधी खान र अस्पतालमा नियमित जानु पर्ने भएकाले टोलको तर्फबाट सानो रकम भए पनि सहयोग गरिएको वताए ।

टोलवस्ती संगठनले नगद हस्तान्तरणको लागि एक औपचारिक कार्यक्रम आयोजना गरेको थियो । टोलका सवै सदस्यहरुको उपस्थितिमा समाजसेवी जेष्ठ सदस्य जेमन माया ब्लोन तामाङले नगद १८ हजार इन्द्रमाया लिम्वुलाई हस्तान्तरण गरे । पिडित लिम्वुलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले ३६ घर टोलवासीबाट जनही ५ सयका दरले नगद संकलन गरेर हस्तान्तरण गरिएको सचिव डम्वर खवाहाङ लिम्वुले वताएका छन् । 

सो अवसरमा तेहथुम जिल्ला छथर गाउँपालिका वडा नं.६ घर भइर्, हाल धनकुटा नगरपालिका वडा नं.६ फोक्ल्याण्ड टापुमा वसोवास गर्दै आएका पदम वहादुर लिम्वुको पिता स्व.लोकमान लिम्वुको सम्झनामा श्रद्धान्जली सभा समेत गरिएको छ । पदमवहादुरका पिता लोकमानको यहि ०७९ अशोज १० गतेका दिन ५६ वर्षको उमेर आफ्नै निवासमा छथर तेह्रथुममा निधन भएको थियो । 

दुःखमा परेको लोकमानका परिवारलाई फोक्ल्याण्ड टोलवस्ती संगठनको तर्फबाट अध्यक्ष शिवकुमार तिगेलाले समवेदना प्रत्र प्रदान गरे । त्यसैगरि सहयोग स्वरुप संकलन गरिएको नगद १८ हजार कोषाध्यक्ष जोसना राईले प्रदान गरेको सचिव डम्वर खवाहाङ लिम्बुले ब्लाष्टलाई जानकारी दिए । समवेदना पत्र एवम् नगद स्व.लोकमान लिम्वुका छोरा पदम वहादुर लिम्वुलाई हस्तान्तरण गरिएको थियो ।  

धनकुटा नगरपालिका वडा नं.६ मा रहेको फोक्ल्याण्ड टोपु टोल वस्ती संगठन वि.सं.२०६० सालमा स्व.लोकेन्द्र तिगेलाको अध्यक्षतामा स्थापना भएको टोल वस्ती संगठनका संस्थापक सचिव एवम् हालका सल्लाहकार सन्तवीर लामाले वताए । उनले तत्कालिन समयमा माओवादी द्धन्द्धको कारण गाउँगाउँबाट विस्थापित भएका धनकुटा जिल्ला लगायत पुर्वि पहाड तेह्रथुम, संखुवासभा,भोजपुर,ओखलढुङ्गा, सोलुखम्वु लगायत विभिन्न जिल्लाबाट वसाँइ सरी आएका वासिन्दाहरुले नयाँ वस्ती सृजना गरेका हुन् । हाल उक्त टोल वस्ती संगठनमा ३६ घरधुरी वसोवास गरिरहेको धनकुटा नगरको १ सय २४ वटा टोलवस्ती संगठनहरु मध्ये एक नमूना टोल वस्ती संगठन हो । 

स्थानिय सरकारमा जनप्रतिनिधि आउनु भन्दा पहिले नगरको सवै गाउँ टोलमा विकास निर्माणको आयोजना संचालन गर्दा समन्यायिक, समानुपातिक ढंगले विकास गर्नु पर्छ भनेर अघि वढी रहेको अवस्थामा जनप्रतिनिधि आएपछि विकासको काममा फोक्ल्याण्ड टापु टोल उपेक्षामा परेको अध्यक्ष तिगेलाले बताए । उनले ०७४ को स्थानिय निर्वाचन अघि फोक्ल्याण्ड टापु टोलको विकासको लागि प्राथमिकतामा राखेर धनकुटा नगरपालिकाले वजेट विनियोजन गर्ने गरेको थियो । तर, वडा सरकारमा नेपाली कांग्रेसको तर्फबाट जनप्रतिनिधि निर्वाचित भएपछि टोल विकासको गति रोकिएको उनको दावी छ । 

०७७ सालमा भारी वर्षा हुँदा फोक्ल्योण्डटापु वासी ६ घर पहिरोको जोखिममा पर्दा २ घर विस्थापित र ४ घरमा क्षति भएको थियो । पहिरोको कारण फोक्ल्याण्ड टापु हुँदै दक्षिणकाली जाने मोटरवाटोमा क्षति पुगेको थियो । हालसम्म दक्षिणकाली मन्दिर जाने मोटरवाटो निर्माण गर्न वडा कार्यालय तथा नगरपालिकाबाट पुनःनिर्माणको लागि वजेट तथा कार्यक्रम छुटिएको छ्रैन । जनप्रतिनिधिहरु आउनु अघि विकास निर्माणको हरेक क्रियाकलापमा निरन्तर अघि वढिरहेको धनकुटा नगरपालिका भित्रको टोवस्ती संगठनहरु जनप्रतिधिहरु निर्वाचित आएपछि सुस्ताउँदै गएको पाइएको छ ।  


  • Dhankutapress

थप