Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा मुक्कुमलुङ संरक्षण अभियानकर्ताहरुले बुझाए नेपाल सरकारलाई ज्ञापनपत्र

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/ताप्लेजुङको फुङलिङ बजारमा आइतबार साँझ भएको प्रहरी प्रशासनको आन्दोलनकारीमाथि दमन गरेको विरोधमा आज धनकुटाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।

ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा पदयात्राको क्रममा फागुण १० गते साँझ मुक्कुमलुङ संरक्षणकर्मीहरुले फुङलिङ बजारमा निकालेको मसाल जुलुस सहितको ¥यालीमा घरबाट ढुङ्गा र खाली बोतलले हानेपछि झडपको स्थिति सृजना भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । झडपको क्रममा प्रहरीले बल प्रयोग गरेर फुङलिङ बजारको स्थिति नियन्त्रणमा आइसकेपछि प्रहरीले लज, होटलहरुमा पसेर पदयात्री एवं मुक्कुमलुङ संरक्षणकर्मीहरुलाई खोजी–खोजी निर्ममतापुर्वक कुटपिट गरेको र पक्राउ गरेको भन्दै गृहमन्त्री र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

आज मुक्कुमलुङ संरक्षण अभियानकर्ताहरुले धनकुटासहित कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक ५ बुँद्धे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । कोशी नाम खारेज जिल्ला संयुक्त समिति धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राई, जनता समाजवादी पार्टी जसपा धनकुटाका अध्यक्ष पार्वती राई, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष मनकला लिम्बु, किँरात याक्थुङ चुम्लुङ धनकुटा सचिव हेमुस्मृति चोङवाङ सहितको टोलीले धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ५ बुँद्धे मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले फागुन १० गते राती ताप्लेजुङ सदरमुकाममा गरिएको राज्य आतंकको घटना छानविनका लागि उच्च स्तरीय छानविन आयोग गठन गरिनुपर्ने र दोशीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने, केवलकार निर्माणमा प्रधानमन्त्रीकै प्रत्यक्ष चासो रहेकाले प्रधानमन्त्री स्तरमा नै समस्या समाधान टोली बनाई सावैजनिक गरिनुपर्ने, केवलकार निर्माणका सबै सबै कामहरु बन्द गरिनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गरिनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार राज्यले नै गर्नुपर्ने माग गरिएको छ ।

  • dhankutapress

थप