Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

विश्व वातवरण दिवशको अवसरमा धनकुटाको औधोगिकग्राममा वृक्षारोपण

  •   २ महिना अघि | २३ जेष्ठ २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा / ‘हाम्रो भूमि हाम्रो भविश्य’ भन्ने मूल नाराको साथ धनकुटामा वुधवार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

विश्व वातवरण दिवश–२०८१ को अवसर पारेर जिल्ला प्रशासन कार्यालय, डिभिजन बन कार्यालय धनकुटाको आयोजना र लेडी जेसिज धनकुटाको सह–आयोजनामा धनकुटा–६ मा रहेको औधोगिक ग्राम परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको हो । 

वृक्षारोपण रोपण कार्यक्रम आयोजना गर्नु पुर्व डिभिजन बन कार्यालय धनकुटाका डिभिजनल बन अधिकृत भरतवावु श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए । भीमदल गण सल्लेरी व्यारेक धनकुटाको व्यवस्थापनमा सम्पन्न भएको वृक्षरोपण कार्यक्रमलाई सम्वोधन गर्दै डिभिजन वन अधिकृत श्रेष्ठले भने–‘सन् १९७२ को जुन महिनाको ५ तारिख देखि १६ तारेखसम्म विश्वभरीका राष्ट्रध्यक्षहरुले स्वीडेनको स्टकहोममा वातवरण सम्मेलन सम्पन्न गरेका थिए ।’ उक्त सम्ेमलन जलवायू परिवर्तनको असर र प्रभावको कारण गिर्दै गएको वारवरणलाई संरक्षण गर्नको लागि अत्यन्तै महत्वपुर्ण थियो । विश्वका शक्तिशाली राष्ट्रहरुले प्राकृतिक स्रोत दोहन गरेको कारण वातवरण विग्रीएर समश्या सृजना भईरहेको अवस्था थियो । तसर्थः प्राकृतिक संरक्षणको सन्दर्भमा उक्त सम्मेलनले महत्वपूर्ण निर्णय गरेको डिभिजन वन अधिकृत श्रेष्ठले स्पष्ट पारे । उनले भने–‘आज त्यहि दिनलाई सम्झेर जुन–५ गतेका दिन विश्वभर वातवरण दिवश मनाउने गरेका छौं ।’ 

प्रमुख श्रेष्ठले भने–‘विश्वमा जलवायू परिवर्तनको कारण वायूमण्डलमा अत्याधिक मात्रामा देखिएको हरितगृह ग्याँसको उत्सर्जन हुनुले हो ।’ ‘जस्ले गर्दा मानव जगतको अस्तित्व संकटमा परिरहेको छ’–श्रेष्ठले थपे । सो अवसरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पून्य विक्रम पौडेल, तिनै तहका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, घरेलु तथा साना उद्योग कार्यालय धनकुाटका प्रमुख इश्वर थापा, सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष नील वहादुर थापा लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका अगुवाहरु, संचारकर्मी लगायतले संयुक्त रुपमा आँप, लिचि, कल्कि लगायत १ सय भन्दा वढी विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गरेका थिए ।

हेनुहोस फोटो फिचर :


  • Dhankutapress

थप