Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विपद रोकथाम पूर्वअभ्यास धनकुटामा सम्पन्न

  •   २ वर्ष अघि | २८ जेष्ठ २०८१, सोमवार

पञ्चमाया तामाङ

धनकुटा/मनसुनको याम सुरु भएसँगै विपद्का घटना घट्ने सम्भावना भएकाले रोकथामका लागि धनकुटामा पूर्व अभ्यास गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटस्थित विश्रान्ति मन्दिर नजिक तमोर नदिमा विपद्बाट (बच्न) वा जोगिनका लागि पूर्वतयारीको व्यवहारिक अभ्यास गरिएको हो । तिनै तहका सुरक्षाकर्मीले बाढीपहिरोमा परेकालाई उद्धार गर्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि सवारी दुर्घटना भएर मानिस नदिमा खस्दा उद्धार गर्ने तरिका अभ्यासको रुपमा प्रदर्शन गरिएको धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । 

जिल्ला प्रशासन कार्यालय धनकुटाको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र  सशस्त्र प्रहरी बलले संयुक्त रुपमा तमोर नदी र आसपासको घरमा व्यवहारिक अभ्यास गरेका हुन् । जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्, प्रकोपका घटना हुन नदिन र भइहालेमा कसरी जोगिने भन्ने बारे व्यवहारिक अभ्यास गरेर सिकाइएको बताए । सुरक्षाकर्मीले आगलागीमा फसेकालाई उद्धार गर्ने देखी नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र घाइतेलाई नदीबाट पार गरेको बारेमा व्यवहारिक अभ्यास गरिएको थियो ।

  • dhankutapress

थप