Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

चौविसे गाउँपालिकामा ७५ जनाको निःशुल्क आँखाको अप्रेसन

  •   ४ वर्ष अघि | २१ चैत्र २०७९, मङ्लबार

धनकुटा  प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/चौबिसे गाउँपालिका धनकुटाले बिभिन्न संस्थाहको सहयोगमा आफ्ना ७५ जना स्थायिन जेष्ठ नागरिकको निःशुल्क आँखाको अप्रेसन गरिदिएको छ ।

गाउँपालिकाले गएको चैत १० गतेबाट एक हप्ता सम्म विभिन्न वडामा सञ्चालन गरेको आँखा शिबिरबाट छनौट भएका एक सय ७२ मध्ये ७५ जनाको आँखा अप्रेसन गरिएको हो । नेपाल नेत्रज्वती संघ डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राबिधिक सहयोग, नेत्रज्वती संघ र सेभा फाउण्डेसनको सहयोग तथा चौविसे गाउँपालिकाको स्थानिय ब्यबस्थापनमा उनीहरुको आँखा अप्रेसन गरिएको हो ।

गाउँपालिकाले एक हप्ते शिविरमा थप यहि चैत्र १८ र १९ गते शिविर सञ्चालन गरेर मोतीबिन्दु र आँखामा मासु पलाएका बिरामीहरुको अप्रेसन गरिदिएको हो । उनीको किर्तिपुर आँखा अस्पताल काठमाण्डौका डाक्टर एरिक बैद्य सहितको सात जनाको टालीले उपचार गरेको आँखा अस्पताल धनकुटाका डाक्टर समिर चापागाईले जानकारी दिए ।

अन्य बिरामीहरु भने प्रतिकुल मौसम र केहि अनियन्त्रित रक्तचापका कारण अप्रेसन हुन नसकेको चापागाईले जानकारी दिए । मौसम खराब भएको कारण पहिचान भएका सबै बिरामीहरु उपचारमा आई नपुगेको चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।

‘अप्रेसन राम्रो हुन्न भन्ने गाउँमा गलत हल्लाहरु फैलाईएकोले सबैजना नआएको बुझिएको छ ।’ लिम्बुले भने ‘ वडा तहमा बाँकी रहेकाहरुको उपचारका लागि कार्यपालिकाको बैठक बसेर थप निर्णय गर्नेछौ ।’ अप्रेसन गर्नका लागि गाउँ–गाउँबाट आएका बिरामीहरुको बस्नेखाने लगाएतका बन्दोबस्ती गाउँपाालिकाले गरेको थियो ।

गाउँपालिकामा नै आँखा जाँच केन्द्र सञ्चालन भएको शिविरबाट विशेष गरेर स्थानिय जेष्ठ नागरिकहरु जो आर्थिक रुपमा विपन्न थिए, उनीहरु लाभान्बित भएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

आफ्ना ७२ बर्षिया बुवा र ६८ बर्षिया फूपुको आँखा अप्रेसन गर्न गाउँपािलका आईपुगेका चौविसे वडा नं. ३ का नेत्र बरालले यस शिविरले आफ्नो ५० हजार भन्दा बढी आर्थिक भारबाट मुक्त भएको जानकारी दिए ।


  • Dhnakutapress

थप