Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारको लागि अक्षयकोष स्थापना

  •   ३ वर्ष अघि | १९ साउन २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउन सहयोग पु¥याउने उदेश्यले धनकुटामा ‘टिकाहरि–धनञ्जय क्रियाशिल पत्रकारिता पुरस्कार’ को लागि अक्षय कोष स्थापना गरिएको छ । 

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले संचालन गर्ने धनकुटा नगरपालिका वडा नं.५ माथिल्लो कोप्चेका समाजसेवी द्रोर्ण प्रसाद गुरागाँईले आफ्ना स्वर्गिय मातापिता टिका देवी गुरागाँई र हरि गुरागाँईको स्मृतिमा शुक्रवार अक्षयकोष स्थापना गरेका हुन् । टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारको कूल राशी १ लाख, ११ हजार, १ सय, ११ रुपयाँ रहेको छ । अक्षय कोष सञ्चालन तथा पुरस्कार सम्बन्धी सम्झौंता पत्रमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई र अक्षय कोष दाता एवं संरक्षक द्रोर्ण प्रसाद गुरागाँइले शुक्रवार द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै समाजसेवी गुरागाँईले भने–‘धनकुटाको पत्रकारिताको वृद्धि र विकासको लागि टेवा पुगोस भन्ने उदेश्यले स्वर्गिय वुवा–आमाको स्मृतिमा धनकुटामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको छु ।’ गुरागाँईले यस अघि पनि नेपाल पत्रकार महासंघ धनकुटा शाखाले संचालन गरेको पत्रकार कल्याण कोषको लागि २५ हजार नगद सहयोग गरेका थिए । 

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले धनकुटाको पत्रकारिताको विकासको लागि खुल्ला हृदयले सहयोग गरेको भन्दै समाजसेवी गुरागाँईलाई धन्यवाद् दिए । उनले सो अवसरमा गुरागाँईलाई खदा लगाएर सम्मान गर्नुको साथै मायाको चिनो समेत प्रदान गरेका थिए । उनले आगामी दिनमा पनि यसरी नै सहयोग र सद्भाव पाईरहने आशा व्यक्त गरे । 

निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गराउने कार्यमा योगदान पु¥याउने क्रियाशिल पत्रकारलाई कदर स्वरुप पुरस्कृत गर्न अक्षय कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ, धनकुटा शाखाका सचिव हरि वहादुर लम्जेलले बताए । उनले भने–‘हरेक वर्ष नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पौष–२३ गते पर्ने स्थापना दिवशको अवसरमा क्रियाशिल पत्रकारलाई अक्षय कोषबाट बर्षिक रुपमा प्राप्त हुने व्याजबाट पुरस्कृत गरिने छ ।’  

अक्षय कोष स्थापना गर्न आयोजित सम्झौता कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश समितिका उपाध्यक्ष हिमा चेम्जोङ, धनकुटा शाखाका पुर्व अध्यक्षहरु राजेश्वर वहादुर श्रेष्ठ, खगेन्द्र घिमिरे, फोनिज प्रदेश अध्यक्ष एवं पत्रकार महासंघ धनकुटा शाखाका सल्लाहकार सन्तवीर लामा लगायतको  उपस्थिति रहेको थियो । 


  • Dhankutapress

थप