Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आगामी निर्वाचनमा धनकुटाको सातै तह एमालेले जितेर देखाउने दावी

  •   ५ वर्ष अघि | २३ पुस २०७८, शुक्रबार

सन्तवीर लामा

धनकुटा/नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र कुमार राईले आगामी निर्वाचनमा नेकपा एमालेले धनकुटाको सात वटै स्थानिय तहमा जित्ने दावी गरेका छन् । 

नेकपा एमाले धनकुटाको सातौं जिल्ला अधिवेशनको उद्धघाटन सत्रलाई शुक्रवार धनकुटामा सम्वोधन गर्दै केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राईले यस्तो दावी गरेका हुन् । प्रतिनिधि सभाका सदस्य समेत रहेका राईले भने–‘०७४ को स्थानिय तहको निर्वाचनमा धनकुटाको सातै स्थानिय तहमा नेकपा एमालेले जसरी जित हासिल ग¥यो, त्यसरी नै आगामी स्थानिय तहको निर्वाचनमा पनि जित हाशिल गर्ने छौं ।’ राईले सातौं जिल्ला अधिवेशन पश्चात बन्ने नयाँ नेतृत्वले धनकुटाको सातै स्थानिय तहमा एमालेलाई दर्विलो र बलियो वनाउन हात–हातमा कुचो लिएर निस्कने दावी गरे । राईले एमालेको नयाँ नेतृत्वको  अभियानले जिल्लामा रहेको २५ प्रतिसत गठवन्धनलाई कुचोले वढारेर हावामा उडाई दिने बताए ।

धनकुटाको औधोगिक ग्राममा नेकपा एमालेले आयोजना गरेको सातौं जिल्ला अधिवेशन स्थलको विषयलाई लिएर धनकुटाको गठवन्धनले स्थानिय प्रशासन लगाएर विथोल्न खोज्नु अराजक गतिविधिको परकाष्ट भएको राईले बताएका छन् । गठवन्धनको नाममा धनकुटामा एमालेलाई चलाउन खोजे, आफूहरु पनि दहि जमाएर नवस्ने ठोकुवा राईले गरेका छन् । उनले धनकुटामा गठवन्धन गरिएको भनिएको राजनितिक पार्टीले जिल्लाको सातै स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृतहरुको सरुवा गरेर धनकुटेली जनतालाई धोका दिएको आरोप समेत लगाएका छन् । 

त्यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटाका सह–इन्चार्ज शकुन्तला वस्नेतले केपी ओलीलाई सिध्याउने नाममा नेपाली जनताको भाग्य र भविश्य माथि खेलवाड गर्ने माकुनेहरुलाई जसरी भए पनि सिध्याउनु पर्नेमा जोड दिए । उनले ओली विरुद्ध लाग्ने अराजक शक्तिलाई नेकपा एमालेले जसरी भए पनि सिध्याउने ठोकुवा गरिन । नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाईले माधव नेपाल र प्रचण्डहरुको अराजक राजनितिक झुण्डले कहिले पनि देशलाई उभो नलगाउने दावी गरे । उनले गणतान्त्रिक नयाँ नेपालमा पार्टी व्यवस्था छ भने, त्यो नेकपा एमालेमै छ भन्दै ठोकुवा गरे । 

नेकपा एमाले १ नम्वर प्रदेश समितिका उपाध्यक्ष टिकाराम चेम्जोङले कुनै पार्टीको जन्म नेकपा एमालेलाई कसरी हराउने भन्नेमा रहेको टिप्पणी गरे । नेकपा एमलेको वेमानीको कारण देशमा राजनितिक समश्या आएको हैन भन्दै उपाध्यक्ष चेम्जोङले देशको लागी ओलीले राम्रो काम गर्दा समश्या आएको बताए । चेम्जोङले नेकपा एमाले गम्भिर र संवेदनशिल भएर अघि वढ्नु पर्नेमा जोड दिए । किन भने आगामी निर्वाचनमा एमाले एक्लै अरुसंग लड्नु छ । केका लागी भन्दा देश र जनताको लागी चेम्जोङले भने । 


नेकपा एमाले धनकुटाका उप–सचिव तथा प्रदेश माननिय निरन राईको अध्यक्षतामा सम्पन्न सातौं जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा प्रदेश कमिटि सदस्य उज्वल किराँती, नेकपा एमाले धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष तिलक कार्की लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको संचालन एमालेका नेता एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुहानले गरेका थिए । दुई दिनसम्म संचालन हुने एमालेको सातौं जिल्ला अधिवेशनमा जिल्लाको सात वटै स्थानिय तहबाट करिब ९ सयको हाराहारीमा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।  


  • dhankutapress

थप