Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आगलागीबाट मेनुका श्रेष्ठको परिवार विचल्नीमा

२० लाखको क्षति भएको प्रारम्भिक अनुमान

  •   ४ वर्ष अघि | ६ मंसिर २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.५ कर्मीटारकी मेनुका श्रेष्ठको पसल रहेको २ तले काठको घरमा मंगलवार राति आगलागी हुँदा २० लाख वरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

मध्यराती एक्कासी मेनुकाको पसल घरमा भएको आगलागीले भाँडा, वर्तन, खाद्यन्न, दोकानको सम्पुर्ण सामाग्री जलेको छ । आगलागीले उनको १० वटा खसी सहित १२ वटा वाख्रा जलेर खरानी भएको छ । आगलागी पछि मेनुकाको ५ जनाको परिवार बिचल्नीमा परेका छन् । आगलागीका कारण मेनुकाको पसलमा भएका सम्पुर्ण खाद्य सामाग्रीहरु जलेर खरानी भएको छ । अहिले उनीसंग एक दाना पनि अन्न नरहेको र पकाई खाने भाँडा कुडा समेत नभएको पिडित मेनुकाले वताईन । आगालगीबाट नगद २५ हजार समेत जलेको छ ।

स्थानियले खसी वाख्रा २ लाख, ५० हजार, नयाँ घर वनाउन राखेको काठपात ५ लाख, दोकानको विक्रिको लागि राखिएको खाद्य सामाग्रीहरु १५ लाख, भाँडा वर्तन, फर्निचर, खाद्यन्न आदि २५ लाख वरावरको क्षति भएको हुन सक्ने अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएस्पी नरेन्द्र कुँवरले भने आगलागीबाट अनुमानित २० लाख रुपयाँ वरावरको क्षति भएको बताएका छन् । प्रहरी विधुत सर्ट भएर आगालागी भएको हुन सक्ने अनुमान गरे पनि दोकान घरमा आगालगी भैरहँदा अर्को घरमा रहेको एमसिबी अफ नभै वत्ति बलिरहेको पिडित परिवारले वताएका छन् । घट्नाको अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ । 

आगो कसरी लाग्यो भन्ने आफूलाई थाहा नभएको मेनुकाले वताएकी छन् । मंगलवार राति २ वजेको समयमा पसल घरमा आगो दनदनी बलिरहेको अवस्थामा मेनुकाको आमाजु भगवती श्रेष्ठले सवै भन्दा पहिले देखेको बताईन । आगो हुर्कि सकेकाले तत्काल कोहि कसैबाट केहि गरेर नियन्त्रणमा लिन नसकेको भगवतीले वताईन । उनले शुरुमा देख्दा घर सग्लो थियो, तर, तत्काल उद्धार गर्न नसक्दा आँखा अगाडी घर सहित सम्पुर्ण सामाग्री, पशु चौपाय खरानी भएको वताए । उनले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगरपालिकाको दमकल ढिलो आएको गुनासो गरिन । आगोले सवै खाई सकेपछि सुरक्षाकर्मी र दमकल आएको भन्दै आक्रोस पोखिन । 

मेनुकाको श्रीमान सुन्दर श्रेष्ठको केहि वर्ष पहिले मृत्यु भएको थियो । उनका २ छोरी, १ छोरा र आमाजु भगवतीको साथमा उनी वस्दै आएका थिए । उनकै स्वर्गिय श्रीमान सुन्दर श्रेष्ठले नेपाल रेडक्रस सोसाईटी धनकुटाको जिल्ला कार्यालय स्थापना गर्न अहिले आगलागी भएको घरसंगै जोडिएको १ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । जहाँ अहिले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको कार्यालय रहेको छ । 

  • Dhankutapress

थप