धनकुटा प्रेस सम्वाददाता
हिले/शुभदिपवलीको अवसर पारेर हिले व्याडमिटन क्लव हिलेले विहिवार धनकुटाको हिलेमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा १ सय ३ पिण्ट रगत संकलन भएको हिले व्याडमिटन क्लवका अध्यक्ष राम गोङ्गवा तामाङले बताए । जसमध्ये ८३ जना पुरुष र २० जना महिला सहित १ सय ३ जना रक्तदान कार्यक्रममा सहभागी भएको तामाङले वताए ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरानले गरेको थियो । पछिल्लो समयमा रक्त संकलन केन्द्रहरुमा रगतको अभाव देखिन थालेका रक्तदान कार्यक्रम आयोजना गरिएको हिले व्याडमिटन क्लवका अध्यक्ष राम गोङवाले वताए ।
- Dhankutapress