सुस्मिता थिङ
धनकुटा प्रेस सम्वादाता
धनकुटामा यातयात व्यववस्था सेवा कार्यालय स्थापनाको करिब ३ वर्ष पछि आइतवारबाट सवारी चालक अनुमती पत्र लाईसेन्सका लागी प्रयोगात्मक परिक्षा सुरु गरेको छ ।पहिलो दिन मोटर साईकल र स्कुटरका १ सय ५७ जनाले प्रयोगात्मक परिक्षा दिएको यातायत व्यावस्था तथा सेवा कार्यलय धनकुटाका प्रमुख बाबुराम शर्मा लुईटेलले जानकारी दिए ।
अहिले यस कार्यलयबाट साना सवारी साधनहरु मोटरसाइकल, स्कुटर,कार, ट्याक्टर, टेम्पोको लागि प्रयोगात्मक परिक्षा लिइने प्रमुख शर्माले बताए । उनले बस, डोजर, टिफर लगायतका सवारी साधानका लागि भने तत्काल प्रयोगात्मक परिक्षा नहुने शर्माले जानकारी दिएका छन् ।
धनकुटामा सवै खाले सवारी साधन संचालनको लागी चालक अनुमती पत्रको लाईसेन्स वितरण हुने भएपछि फारम भर्नेको भिड लागेको छ । फारम भर्नको लागी कोशि पहाडका तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाको सेवाग्राहीलाई सहज हुने यातयत व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम शर्माले बताएका छन् ।
- dhankutapress