धनकुटा प्रेस सम्वादाता
धनकुटा/धनकुटा जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभामा नेकपा एमालेले सानदार विजय हासिल गरेको छ । एमालेले प्रदेश र संघमा विजय हासिल गरेसँगै धनकुटा वजारमा विहिवार अपरान्ह विजय ¥याली निकालेको छ ।
धनकुटाको १ प्रतिनिधि सभा र प्रदेश सभा तर्फका २ सीटमा एमालेले विजय हासिल गरेको हो । ०७४ को प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा पनि नेकपा एमालेले धनकुटा क्लिन स्वीप गरेको थियो । उम्मेदवार पनि हाल विजेताहरु नै थिए । धनकुटामा प्रतिनिधि सभातर्फ नेकपा एमालेका राजेन्द्र कुमार राइले ३० हजार, १ सय १ मत ल्याएर बिजयी भएका छन् । राईले गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका कन्द्रिय सदस्य एवं पुर्व प्रधान मन्त्री सुर्यवहादुर थापाका पुत्र सुनिल बहादुर थापालाइ १ हजार,३ सय ९७ मत अन्तरले हराएका हुन् ।
पराजित थापाले २८ हजार, ७ सय, ४ मत ल्याएका थिए । विजेता राई र थापा पाख्रीवास नगरपालिकावासी हुन् । राईको घर पाख्रीवास नगरपालिका वडा नं.७ मुगामा पर्दछ भने थापाको वडा नं.८ मुगामा नै पर्दछ । पराजित भएका थापाले विजयी राईलाई शुभकामना दिदै आगामी पाँच वर्ष पछि पुनःनिर्वाचनको खुल्ला मैदानमा भेट्ने भन्दै प्रतिवद्धता जनाए । उनले विजेता तिनै जनालाई सफल कार्यकालको शुभकामना दिदै खदा समेत लगाई दिए ।
प्रदेशसभाका लागि धनकुटामा नेकपा एमालेका तर्फबाट निरन राईले चुनाव चिन्ह सुर्यमा १७ हजार, १८ मत प्राप्त गरी बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी गठवन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका अर्जुन कुमार राईले चुनाव चिन्ह कलममा १० हजार, २ सय,२६ मत मत प्राप्त गरी पराजित भएका छन् ।
त्यसैगरी धनकुटा प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका एमाले धनकुटा जिल्ला अध्यक्ष समेत रहेका ईन्द्रमणी पराजुली फराकिलो मत अन्तरले विजयी भएका छन । प्रदेश सभा ‘ख’ का लागि धनकुटामा एमालेका तर्फबाट उम्मेदवारी दिएका पराजुलीले १५ हजार, ७ सय,९७ मत ल्याउंदै बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवदाी केन्द्रका कुसुमकुमारी श्रेष्ठ (जुली) ले हसिया हतौडा चुनाब चिन्हमा ११ हजार, २ सय ३० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ४ हजार, ५ सय,६७ मतको अन्तरले हराउँदै पराजुली बिजयी भएका हुन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित राजेन्द्र कुमार राई, प्रदेश सभा सदस्य पदमा निर्वाचित जिल्ला सचिव निरन राई र जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली तिनै जनाले दोश्रो कार्यकालको लागी विजयी भएका हुन् । विजेता उम्मेदवारहरुलाई जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहाले एक समारोहको आयोजना गरेर प्रमाण पत्र समेत वितरण गरेका छन् ।
विजेता एमालेका उम्मेदवरहरुले आफुहरुले निर्वाचनको क्रममा जनतासंग गरेको प्रतिबद्धता आगामी ५ वर्षमा पुरा गर्ने आयोजित कोणसभामा बताएका छन । सामुदायिक भवन देखि निस्किएको नेकपा एमालेको जुलुस धनकुटा वजारको विभिन्न भागको परिक्रमा पश्चात धनकुटाको मदन चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
विजेता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले, प्रदेशसभा सदस्य निरेन राईले सम्वोधन गरेका थिए । विजय ¥यालीमा हजारौंको संख्यामा एमाले नेता कार्यकर्ताको सहभागीता रहेको थियो । विजय ¥यालीमा साँस्कृतिक नौमती वाजागाजा समेत प्रश्तुत् गरिएको थियो ।
- Dhankutapress