धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ सय किलोग्राम अवैध लागु औषध गाजा सोमवार नस्ट गरेको छ । प्रहरीले जनप्रतिनिधि, स्थानिय र पत्रकारको रोहवरमा गाजा नस्ट गरेको हो ।
गत २०७९ माग २८ गते रातको समयमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा रातको करिब १० बजे ४ सय केजी अवैध गाजा फेला पारेको थियो । चेक जाँच गर्ने क्रममा सहिदभूमि गाँउपालिका वडा नं. ४ मा हिले छिन्ताङ कच्ची सडक खण्डमा हिलेतर्फ जादै गरेको को १ ज ३११८ नम्बरको पिकअप गाडीमा गाजा फेला परेको थियो । पिकअफ रोक्न खोज्दा नरोकी गाडीको बत्ती समेत बन्द गरी भागे पश्चात गाडीलाई प्रहरीले पिछा गरेका थियो ।
प्रहरीले खानतलासी गर्ने क्रममा गाडीको पछाडी डाला भित्र १५ वटा प्लाष्टिकको बोरा भित्र जम्मा ४ सय ९ किलोग्राम अवैध लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इनस्पेक्टर मानबहादुर श्रेष्ठले जानकारी दिएका छन ।
घटनास्थलबाट भागी फरार रहेका चालकलाई खोजतलास गर्दै जाने क्रममा सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नं. २ मा लुकिछिपी वसिरहेको अवस्थमा फेला पारी पक्राउ गरिएको प्रहरीले वताएको छ ।
- Dhnakutapress