Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको उत्तरपानीमा बाबुले गरे ३० वर्षीय छोराको हत्या

  •   ४ वर्ष अघि | २२ असोज २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको पाख्रिवास नगरपालिका वडा नं= ९ मा घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन् ।

शुक्रवार विहान साँढे ८ बजेतिर घरायसी विवाद हुँदा पाख्रिवास वडा नं। ९, उत्तरपानीका ५४ वर्षका उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी छोरा ३० वर्षीय सन्तोषको हत्या गरेको प्रहरीले जनाएको छ । सन्तोष एक्लो छोरा हुन् । प्रहरीले छोराको हत्यामा संलग्न उपेन्द्र ठाडा मगरलाई खुकुरी सहित नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले घटना घरायसी विवादका कारण बिहान साँढे ८ बजे बाबुले छोराको हत्या गरेको जानकारी दिए ।

  • dhankutapress

थप