Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा बढे मानवअधिकार उलंघनका घटना

  •   ४ वर्ष अघि | २६ मंसिर २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा आईतवार सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

इन्सेक जिल्ला प्रतिनिधी ईश्वर थापाले सन् २०२२ मा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ ओटा घटना अभिलेख गरेको जानकारी दिए । जसमा ५ जनाको हत्या, कुटपिट ६ जना, हत्या प्रयास ४ जना, ७ बालिका सहित ११ जना बलात्कृत, १ जनामा बलात्कार प्रयास, बाल यौन दुव्र्यवहार २ जना र घरेलु हिंसाका ४६ जना पीडित भएको अभिलेख गरेको इन्सेक प्रतिनिधि थापाले जानकारी दिए । 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि मंसिर २४ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो। इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा गत वर्ष ५७ ओटा घटना अभिलेख गरिएको यो वर्ष ७५ ओटा घटना भएको जनाइएको छ । यस्तै गैरसरकारी संस्था महासंघकी केन्द्रिय सदस्य गीता अधिकारीले धनकुटामा मानव अधिकारको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन । 

धनकुटाममा मानवअधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटा, मानव अधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक) नेपाल र गैरसरकारी संस्था महासंघको संयक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताए। उनले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताए। सुधारको ठाउँ जहाँ पनि भएको बताउँदै आफूले के गर्दैछु भनेर प्रश्न गरे मानव अधिकार हनन नहुने बताए । कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।


  • Dhankutapress

थप