धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
संखुवासभाको पूरनो सदरमुकाम चैनपुरबाट सुनसरीको इटहरी तर्फ जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो गाडि अनियन्त्रित भई दुर्घटना हुदा ११ जना घाइते भएका हुन् । बोलेरो सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ७ जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ४ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । घटना भएको खबर पाउने बित्तिकै प्रहरी चौकी चानुवा र प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले घाईतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको उनले बताए ।
बोलेरो चालक मोरङको बेलबारी नगरपालिका वडा नं.–२ का प्रविण कोईरालालाई प्रहरी चौकी लेगुवा धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
- Dhankutapress