
धनकुटा प्रेस सम्वाददाता
धनकुटा /वैवाहिक स्थितिका आधारमा विभेद नगरौं’ भन्ने मुल नाराको साथ विहिवार धनकुटामा १२ औं अन्तराष्ट्रिय एकल महिला दिवश विविध कार्यक्रमको साथ मनाइएको छ ।
प्रदेशसभा सदस्य लिला सुव्वाको प्रमुख आतिथ्यमा सम्पन्न १२ औं अन्तराष्ट्रिय एकल महिला दिवशको अवसरमा सम्मान तथा छात्रावृद्धि वितरण कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य लिला सुव्वाले ब्लाष्टकर्मी धनकुटा शाखाका इन्चार्ज सन्तवीर लामालाई नगद सहित सम्मान पत्रले सम्मान गरे ।

त्यसैगरी सो अवसरमा धनकुटाका विभिन्न पालिकाका एकल महिलाका छोरीहरुलाई छात्रावृद्धि प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्यले लिला सुव्वाले छात्राहरुलाई छात्रावृद्धि प्रदान गरेका थिए ।

मानव अधिकारको लागि एकल महिला समुह १ नम्वर प्रदेश समितिका अध्यक्ष मिना तुम्वा राईको अध्यक्षतामा सम्पन्न छात्रावृद्धि वितरण तथा सम्मान कार्यक्रममा संविधानसभा सदस्य अन्जना ताम्ली, जसपा कार्यवाहक जिल्ला अध्यक्ष पार्वती राई, अन्तरपार्टी महिला संजाल धनकुटाकी अध्यक्ष अम्विका धमला, सम्मानित ब्लाष्टकर्मी सन्तवीर लामा, उधोग वाणिज्य संघ धनकुटाकी वरिष्ठ उपाध्यक्ष तारा तितुङ तामाङ, महिला अधिकारकर्मी कमला मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उनीहरुले विभेद र अन्यायमा परेका महिला, वालवालिका, दलित, आदिवासी जनजातिको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
- Dhankutapress