Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विदेशी उत्पादनले स्वदेशी उत्पादनलाई विस्थापीत गरेको सरोकारवालाको गुनासो

उद्योगको लागि चाहिने कच्चा पदार्थमा लाग्ने भन्सार र निकासी कर छुट गर्न माग

  •   ५ वर्ष अघि | १३ पुस २०७८, मङ्लबार

सन्तवीर लामा

धनकुटा/ विदेशबाट आयतीत सामाग्रीले स्थानीय उद्योगमा उत्पाधित सामाग्रीलाई  विस्थापीत गर्न थालेको यहाँका उद्योगीहरुले बताएका छन । 

उनीहरुले उद्योगको लागि चाहिने कच्चा पदार्थमा लाग्ने भन्सार र निकासी कर छुट गराई दिन माग समेत गरेका छन । “स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगीक पुनरुत्थान भन्ने” नारा  सहित सातौ उद्योग दिवसको अवसरमा आयेजीत साना  तथा घरेलु उद्योगको चुनौती र अवसर विषायक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगीहरुले यस्तो बताएका हुन । 

उनीहरुले  नितिगत रुपमा नै स्वदेशी उत्पादनलाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने बताएका छन । घरेलु उद्योगहरुले स्थानीय स्तरमा रोजगारीको समेत सृजना गरेको कारण स्थानीय स्रोत साधान प्रयोग गरेर स्थापना गरिएका उद्योगलाई राज्यले विशेष प्राथमीकतामा राखेर निति बनाउनु पर्ने सहभागीहरुको जोड थियो । कार्यक्रममा अन्य सरोकारवलाले स्थानीय उद्योगले गुणस्तरमा ध्यान दिनुपर्ने जोड दिएका छन ।

उनीहरुले उद्योग स्थापना गर्नुपुर्व नै बजारको अध्यायन तथा उपभोक्ताको माग अनुसारको उद्योग स्थापना गनुपर्ने र प्रविधिको उपयोगमा जोडदिनु पर्ने सुझाएका छन । कार्यक्रममा सरकारले दिएको अनुदान सहि काममा सदुपयोग नगरिएको कारणले पनि स्थानीय उद्योगहरु संकटमा पर्न थालेको सरोकारवालाहरुले बताएका छन । 

जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख टंक चुहानको प्रमुख आतित्थ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा घरेलु तथा साना उधोग विकास समितिका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, राष्ट्रिय वाणिज्य वैंक धनकुटा शाखाका प्रमुख केन्दिप श्रेष्ठ, धनकुटा नगरपालिका आर्थिक विकास अधिकृत विकास अधिकारी, नेपाल पत्रकार महासंघ धनकुाटका अध्यक्ष नगेन्द्र राई, मोहन विस्कुट उधोग धनकुटाका प्रोपाईटर मीना श्रेष्ठ, इन्द्र कुविर ढाका उधोग छथरजोरपाटीका प्रोपाईटर रविना लिम्वु लगायतले बोलेका थिए । 

घरेलु तथा साना उद्योग कार्यालयल धनकुाटका प्रमुख इश्वर थापाको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लाका ३ दर्जन बढि उद्योगी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । धनकुटामा  ६ हजार ८ सय २३ उद्योग दर्ता छन ।


  • selokhabar

थप