Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पुनः निमार्णको लागि भुक्तानी भएको १८ लाख, लाख ७५ हजार बजेट अनुमोदन

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/जिल्ला विपद व्यवस्थापन समिति धनकुटाको शुक्रवार सम्पन्न बैठकले जिल्लामा विपदबाट पूर्ण रुपमा क्षति भएको निजि आवाश पुनः निमार्णको लागि भुक्तानी भएको १८ लाख, ७५ हजार रुपैया शुक्रवार अनुमोदन गरेको छ । 

जस अन्तर्गत बैठकले २०८० पौष १९ गतेसम्म विपदबाट पूर्ण रुपमा आवास क्षति भएका ६ घर परिवारलाई तत्काल उपलब्ध गराएको एक लाख दश हजार रुपैया अनुमोदन गरिएको छ । 

त्यस्तै निजि आवास पुनः निमार्णको दोस्रो किस्ता र अन्तिम किस्ता बापतको छथरजोरपाटी गाउँपालिकाका १२ जना लाभग्राहीलाई भुक्तान भएको १४ लाख ८२ हजार ५ सय पनि अनुमोद नगरिएको छ । त्यसैगरी धनकुटा नगरपालिकामा भुक्तान भएको २ लाख, ८२ हजार ५ सय गरी जम्मा १८ लाख, ७५ हजार रुपयाँ बैठकले अनुमोदन गरेको प्रमुख जिल्ला अधिकारी पून्य विक्रम पौडेलले जानकारी दिएका छन् ।

त्यसैगरी निकट भविश्यमा हुनसक्ने बन डढेलो तत्काल नियन्त्रणमा लिनका लागी आबश्यक सामाग्री डिभिजन बन कार्यालय धनकुटाले जिल्ला स्थित सुरक्षा निकायलाई उपलब्ध गराउने बैठकले निर्णय गरेको प्रजिअ पौडेलले वताएका छन् । बन डढेलो नियन्त्रणका लागि आबश्यक सामाग्री सोही वैठकमा २ सेटका दरले सुरक्षा निकायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख भरत बाबु श्रेष्ठले जानकारी दिए । 

बैठकले पालिका स्तरमा बन डढेलो नियन्त्रण गर्न सञ्जाल गठन गर्ने, विभिन्न सञ्चार माध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय बैठकले गरेको छ । बैठकमा  बन डढेलो  नियन्त्रण गर्दा समाना गर्नुपर्ने चुनौतीको विषयमा पनि सरोकारवालाहरुसंग आवश्याक छलफल भएको थियो । 

  • Dhankutapress

थप